प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
प्रचण्डले मागे राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा

सारांश

  • काठमाडौं,।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प सुझाएका छन् ।
  • आज पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा उनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प रहने बताएका हुन् ।

काठमाडौं,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प सुझाएका छन् । आज पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा उनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरे राजीनामा दिनुपर्ने विकल्प रहने बताएका हुन् ।

‘राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगर्ने सम्भावना पनि छ ,’ प्रचण्डले पत्रकारको प्रश्नमा भने,‘यो विषय अदालत जाने सम्भावना पनि छ, दोस्रो, राजीनामा दिने विकल्प रहन्छ ।’ राष्ट्रपतिलाई पहिलोपटक सदनमा फिर्ता गर्ने संवैधानिक अधिकार रहेको र दोस्रोपटक भने यताउता गर्ने अधिकार नभएको जिकिर गरे ।

आफूले राष्ट्रपति भण्डारीलाई भेट्दा नागरिकता विधेयकलाई राजनीतिक मुद्दा बनाउने चाहना पाएको खुलाए । यो विषय अब अदालत जानसक्ने उनको भनाई थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले बिहिबार रिपोर्टर्स नेपालका लागि कुरा गर्दै नागरिकता विधेयक प्रमाणिकरण नहुने बताएका थिए । बरु राष्ट्रपति महाभियोगको सामना गर्न तयार रहेको उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
प्रधानमन्त्री ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ
वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ
बुटवल  उपमहानगरपालिका पछिल्लो मत परिणाम,मेयरमा नेपाली काँग्रेश अगाडि..
बुटवल उपमहानगरपालिका पछिल्लो मत परिणाम,मेयरमा नेपाली काँग्रेश अगाडि..
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’
बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं

तपाईंले छुटाउनुभयो कि?