भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित
सारांश
- भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।
- खोलाको बाढी पसेर डुबानमा परी चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेको अस्थायी टहरामा रहेका ३ जनाको मृत्यु भएको हो ।
- मत्यु हुनेहरुको नाम, ठेगाना भने खुलिसकेको छैन ।
भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।
खोलाको बाढी पसेर डुबानमा परी चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेको अस्थायी टहरामा रहेका ३ जनाको मृत्यु भएको हो । मत्यु हुनेहरुको नाम, ठेगाना भने खुलिसकेको छैन । डुबानमा परेर जनजीवन प्रभावित भैरहेको बेला उद्दर कार्य तीव्र तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय बढी जोखिममा परेका छन् । डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ । अस्पताल समेत डुबानमा पर्दा उपचारत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको छ ।
गएरातीदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रमा बाढी पसेर डुबान भएपछि खोला छेउछाउका बासिन्दा विस्थापित भएका छन्। लगातार पानी परेका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आउँदा आसपासका क्षेत्र डुबानमा परेका छन् ।
Rk Thapa Magar
के गने सस्तो भनेर खोला नजिक जग्गा किनेपछि यस्तै हुनछ ,जनचेतना को लागि शेर गरेो ।
Prakash K Shrestha
Omg
Sunil Love Ratna
अब घर घर मा पानीजहाज ?