किन गर्याे स्पेनले प्रमुख प्रशिक्षकलाइ बर्खास्त ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
किन गर्याे  स्पेनले प्रमुख प्रशिक्षकलाइ बर्खास्त ?

सारांश

  • ३०,जेठ।
  •   विश्वकप फुटबल  २०१८  प्रतियोगिता सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुई लाई बर्खास्त गरेको छ।
  • स्पेनिस फुटबल महासंघले जुलेनलाई बिना जानकारी स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको हो।

३०,जेठ।  विश्वकप फुटबल  २०१८  प्रतियोगिता सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुई लाई बर्खास्त गरेको छ।

स्पेनिस फुटबल महासंघले जुलेनलाई बिना जानकारी स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको हो। रियल म्याड्रिडले मंगलबार जुलेनलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको थियो।

उनले विश्वकपपछि रियल म्याड्रिडको प्रशिक्षक हुने ३ वर्षको सम्झौता गरेको थिए। स्पेन को फुटबल महासंघ लाई जनाकारी नगरीकन जुलेन रियल म्याड्रिडको प्रशिक्षक भएकोभनी स्पेनको टिमको प्रशिक्षकबाट बर्खास्त गरीएको स्पेनिस फुटबल महासंघले जानकारी दिएको छ।

रसिया विश्वकपमा स्पेन समूह ‘बी’मा छ। स्पनेले आफ्नो पहिलो खेल शुक्रबार पोर्चुगल विरुद्ध खेल्दैछ। जुलेन सन् २०१६ मा स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षक मा स्पेनले २० खेल खेल्दा १४ खेलमा जित हात पारेको थियो। बाँकी ६ खेलमा बराबरी खेलेको स्पेन अपराजित थियो।

अब विश्वकपमा स्पेनको अन्तरिम प्रशिक्षकको रुपमा फुटबल महासंघका स्पोर्टिङ निर्देशक फर्नान्डो हिइरोले काम गर्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?