कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !

सारांश

  • कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् ।
  • केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् ।
  • प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ ।

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो ।

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ । केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ । दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ । केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ । गाडीको किसिम शीर्षकमा लेखिएको छ, चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने ।

गाडीको व्यवस्थापन गर्नै गाह्रो
केन्द्रले बिग्रीएका र थोत्रा गाडी मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ । १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ आई नपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए ।

पन्ध्र गाडी पठाउने जानकारी आएपनि तीनवटा गाडी अहिलेसम्म आईनपुगेको उनले बताए । आएकामध्ये पनि दुईवटा बिग्रीएकाले व्यस्थापनमा समस्या भएको उनले बताए ।

कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका चारवटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन ।

त्यस्तै, प्रदेशसभा सचिवालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन । राससमा जनाइएअनुसार प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर गाडीको जोहो गरिएको छ । अस्थायी रुपमा गरिएको व्यवस्थाले दिर्घकालीन समाधान निकाल्न नसकिने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण !
एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब
एएफसीका प्रतियोगिता खेल्न अयोग्य भए नेपालका ए डिभिजन फुटबल क्लब
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण

तपाईंले छुटाउनुभयो कि?