प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
सारांश
- काठमाडौ, ९ असोज ।
- प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश हुने भएको छ।
- स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले सभामुखलाई प्रतिवेदन बुझाएको एक महिना चार दिनपछि उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन लागेको हो।
काठमाडौ, ९ असोज । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामांकनको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश हुने भएको छ। स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले सभामुखलाई प्रतिवेदन बुझाएको एक महिना चार दिनपछि उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन लागेको हो।
मंगलबार दिउँसो ३ बजेको प्रदेश सभामा प्रतिवेदन पेश गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए। भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनमा प्रदेशको नाम खप्तड र राजधानी कैलालीको धनगढी उपमहानगरदेखि गोदवारीसम्म उपयुक्त ठाउँमा राख्न प्रस्ताव गरिएको बताइएको छ।प्रतिवेदन प्रदेश सभामा पेश भएको २४ घण्टापछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथि छलफल शुरु हुने छ। यसअघि सोमबार सभामुख थापाले कर्मचारीसँग संसदीय समितिको सुझाव प्रदेश सभामा पेश गर्ने विषयमा छलफल गरेका थिए।
प्रदेश सभाका सदस्यहरुले राजधानी र नामांकनका लागि थप प्रस्ताव तथा संशोधन हाल्न पाउने छन्। प्रदेश सभामा सहमति नभए प्रदेशको नाम र राजधानीको टुंगो बहुमतबाट लाग्ने छ।
प्रतिक्रिया