सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकाले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताएका छन् ।
  • एक अनलाइन शुभारम्भ कार्यक्रममा भट्टराईले अहिले सरकारविरुद्ध भएको आन्दोलन राजनीतिक ‘ग्राण्ड डिजाइन’ भएको वताए ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकाले गरिएका ‘ग्राण्ड डिजाइन’ भएको बताएका छन् ।

एक अनलाइन शुभारम्भ कार्यक्रममा भट्टराईले अहिले सरकारविरुद्ध भएको आन्दोलन राजनीतिक ‘ग्राण्ड डिजाइन’ भएको वताए ।

अहिलेको सरकार विल्कुल नयाँ अभ्यासको सरकार बनेको भन्दै विगतका बहुमत प्राप्त सरकारले गरेका कमीकमजोरीलाई सच्याएर सरकार अघि बढ्ने धारणा राखे ।

नेता भट्टराईले डा गोविन्द केसीको मुद्दामा नभई आफ्नै नीति तथा विचारमा हिँड्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

भट्टराईल्े मेडिकल शिक्षा सरकारको दायित्वभित्र रहेको भन्दै १० वर्षभित्र सबै मेडिकल शिक्षालाई राज्यको नियन्त्रणमा ल्याउने योजना सरकारले बनाइरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?