आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति भएको बताएका छन् ।
- बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति भएको बताएका छन् ।
बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको बताए ।
“ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भने, “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।”
प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि, ज्ञान भूमि भएकोले आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए । विश्वका वैज्ञानिकहरुलाई आदित्य त्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया