बगिरहेको खोलामा नवजात शिशुको शव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
बगिरहेको खोलामा नवजात शिशुको शव

सारांश

  • वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।
  • प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ ।

वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताउनुभयो । “शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उहाँले भन्नुभयो, “कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।” प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?