प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रेस चौतारी र  प्रेस सेन्टरको एकतापछि प्रेस संगठन नेपाल !

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ ।
  • यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो ।

काठमाडौँ, १६ साउन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप दिएको आज जारी विज्ञप्तिमा जनाइएको छ । संगठनले अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरेको छ ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुनेछ । यसैगरी, अनुशासन आयोगका अध्यक्ष र सचिवसहित १५, १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते
बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ
रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ
विप्लवको समूहले गर्यो बम विस्फोट
विप्लवको समूहले गर्यो बम विस्फोट
वालुवाटारको जग्गामा अख्तियारको आँखा ? हायातमा के हुँदैछ ?
वालुवाटारको जग्गामा अख्तियारको आँखा ? हायातमा के हुँदैछ ?

तपाईंले छुटाउनुभयो कि?