वनकी चरी भन्दै विपिन कार्की (भिडियो)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)

सारांश

  • चलचित्र प्रसादको दोस्रो गीत सार्वजनिक गरिएको छ ।
  • आइतबार निर्माण पक्षले बडा दशैको अवसर पार्दै गीत सार्वजनिक गरेको छ ।
  • प्रसादको लै लै बोलको गीत केही समय अघि सार्वजनिक भइसकेको थियो ।

चलचित्र प्रसादको दोस्रो गीत सार्वजनिक गरिएको छ । आइतबार निर्माण पक्षले बडा दशैको अवसर पार्दै गीत सार्वजनिक गरेको छ । प्रसादको लै लै बोलको गीत केही समय अघि सार्वजनिक भइसकेको थियो । ‘लै लै’ले सकरात्मक प्रतिक्रिया पाएको थियो ।

सार्वजनिक पछिल्लो गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको छ । वि. पाण्डेको शव्द र सुवास भुषालको संगीत रहेको गीतमा विपिन कार्की, निश्चल बस्नेत लगायत फिचरिङ भएका छन् । कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ ।

निःसन्तान दम्पतीबीचको असमझदारी, अविश्वास र मानशिक द्वन्दको विषय समेटेको फिल्म मंसिर २१ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्ममा नम्रता श्रेष्ठ मुख्य भूमिकामा छिन् । पत्रकार सुशिल पौडेलले लेखेको फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?