रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
रुस–चीनले गरे संयुक्त सैन्य अभ्यास, कोरिया–जापानले दिए जवाफ

सारांश

  • बीबीसी।
  • रुसले पहिलो पटक चीनसँग मिलेर संयुक्त रुपमा हवाइ गस्ती अभ्यास गरेको जनाएको छ।
  • त्यसको जवाफमा दक्षिण कोरिया र जापानले पनि आफ्ना लडाकु विमान आकाशमा उडाएका थिए।

बीबीसी। रुसले पहिलो पटक चीनसँग मिलेर संयुक्त रुपमा हवाइ गस्ती अभ्यास गरेको जनाएको छ। त्यसको जवाफमा दक्षिण कोरिया र जापानले पनि आफ्ना लडाकु विमान आकाशमा उडाएका थिए।
रुसका रक्षा मन्त्रालयका अनुसार चार बम वर्षक विमानले लडाकु विमानको सहयोगमा जापान सागर र पूर्वी चीन सागर माथिको एक पूर्व निर्धा्रित बाटोमा गस्ती उडान गरिएको हो।

उता दक्षिण कोरियाले रुसी विमान आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेपछि आफ्ना लडाकु विमानले चेतावनी दिँदै फाइरिङ गरेको जनाएको छ। जापानले यो घटनाक्रम पनि दक्षिण कोरिया र रुससँग विरोध जनाएको छ। यो घटना विवादित डोकडो÷ताकेशीमा द्वीप माथि भएको हो। यो द्वीपमा अहिले दक्षिण कोरियाको प्रशासन छ। तर यसमाथि जापानले पनि दाबी गर्दै आएको छ।

केही वर्ष अगाडि रुसी र चिनियाँ बम वर्षक विमान र जासुसी विमानले यो क्षेत्रमा उडान भरेका थिए।
रुसी रक्षा मन्त्रालयका अनुसार रुसका स्ट्रेटेजिक मिसाइल युक्त दुई टीयू–९५ एमएस विमानले दुई चिनियाँ होङ–६ बमवर्षक बिमानसँगएक पूर्व निर्धा्रित रुटमा तटस्थ जल क्षेत्रमाथि उडान परेको छ। यी बमवर्षक मिवानसँग लडाकु बिमान र जासुसी विमान पनि थिए।

टेलिभिजनमा प्रशारित एक बयानमा लेफ्टिनेन्ट जनरल सर्गेई कोबीलाशले भने, ‘एक समय यो गस्ती दलको एक रेखामा एक अर्काभन्दा करिव दुई मिल टाढा उडिरहेको विमानको दल बनेको थियो।’ उनका अनुसार यो क्रममा ११ पटक विदेशी लडाकु विमानले त्यसको पिछा गरेको थियो। उनले दक्षिण कोरियाली पाइलटमाथि विवादित द्वीपमाथि खतरानाक हरकत देखाएको आरोप लगाए। उनले दक्षिण कोरियाली विमानले छ्दम फाइरिङ गरेको पनि पुष्टि गरे।

बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कसका अनुसार एशिया प्रशान्त क्षेत्रभमा रुस र चीनको लामो दूरीका बमबर्षक विमानको यो संयुक्त हवाई गस्ती रुस र चीनबीच बन्दै गरेको शक्तिशाली सैन्य गठबन्धनको बलियो संकेत हो। यद्यपी दुवै मुलुकले अहिलेसम्म औपचारिक गठबन्धन बनाएका छैनन्। तर उनीहरुको यो संयुक्त अभ्यास ठूलो र धेरै परिस्कृत छ।

यी दुवै देशबीच कयौं विषयमा विवाद पनि छ। तर आर्थिक र सैन्य मोर्चामा भने यी दुवै देश नजिक आइरहेका छन्। यी मुलुक पश्चिमी उदारवादी लोकतन्त्रको विरुद्ध छन्। उनीहरु यसको विकल्पको मोडललाई बढावा दिन आतुर पनि छन्। आफ्नो राष्ट्रिय संप्रभुताप्रति निकै रक्षात्मक र अरुको तुलनामा कुनै न कुनै प्रकारको जोखिमयुक्त यात्रा गर्नसमेत यी दुई मुलुक तयार छन्।

यो अमेरिकी रणनीतिका लागि ठूलो चुनौती हो। यदि एक एउटा मुखर तर गिरावटतर्फ जाँदै गरेको रुस र उदयमान चीनबीचको सम्बन्ध बलियो हुनुले अमेरिकाको चिन्ता बढाएको छ। आगामी केही वर्ष्भित्रै चीन आर्थिक रुपमा अमेरिकाभन्दा पनि अगाडि जाने निश्चित छ। दक्षिण कोरियाका सेनाले पाँच वटा विमानले मंगलबार विहान स्थानीय समय अनुसार नौ बजे आफ्नो हवाई क्षेत्रमा बमवर्षक विमान प्रवेश गरेको जनाएको छ।

एफ–१५ र एफ–१६ विमान रोक्नकालागि तत्काल उडान भरेको र आफ्नोतर्फबाट मशिन गनबाट २८० गोली प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। दक्षिण कोरियाले सुरक्षा परिषद समक्ष आफ्नो विरोध जनाएको छ र, कारवाही गर्न माग पनि गरेको छ।

दक्षिण कोरियाका तर्फबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो अवस्थालाई निकै गम्भीरतापूर्वक लिएका छौं। यदि फेरि पनि यस्तै घटना भयो भने हामी कडा कदम चाल्न बाध्य हुनेछौं।’ दक्षिण कोरियाले चीन समक्ष पनि विरोध जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?