चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
चन्द्र ढकालसँग मभन्दा बढि पैसा छ, तर मसँग अनुभव बढि छ : किशोर प्रधान (भिडियोसहित)

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • नेपाल उद्योग वाणिज्य महासंघको आउने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर कुमार प्रधानले महासंघको बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्धवार चन्द्र प्रसाद ढकालसँग आफूसँगभन्दा बढि पैसा भएपनि अनुभव भने कम रहेको बताएका छन् ।
  • उद्योग, धन्दा र व्यापार व्यवसाय चलाउने मामिलामा आफूभन्दा ढकाल ठूलो भएपनि अनुभवको आधारमा २० वर्ष पछि रहेको प्रधानको भनाई छ ।

काठमाडौं, ७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आउने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर कुमार प्रधानले महासंघको बरिष्ठ उपाध्यक्षका अर्का उम्मेद्धवार चन्द्र प्रसाद ढकालसँग आफूसँगभन्दा बढि पैसा भएपनि अनुभव भने कम रहेको बताएका छन् । उद्योग, धन्दा र व्यापार व्यवसाय चलाउने मामिलामा आफूभन्दा ढकाल ठूलो भएपनि अनुभवको आधारमा २० वर्ष पछि रहेको प्रधानको भनाई छ ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानले ढकालमाथि गम्भिर आरोपसमेत लगाएका छन् । ग्लोबल बैंकका शाखा प्रमुखहरुलाई प्रयोग गरेर गलत काम गरिरहेको समेत उनले बताए ।उनले भने,”मसँग प्रमाण छ, समय आएपछि म त्यो कुरा बताउँला ।” कालोबजारी नभएको स्पष्ट पारेका छन् । यदि कोही कसै व्यापारी तथा व्यवसायीले कालोबजारी गरे सरकारले पाता कस्नुपर्ने उनको भनाई छ ।

उनले यो पटक सत्य र असत्यबीचको लडाई हुने बताए । उनले थपे,”उहाँहरु कौरवको फौज लिएर हिँड्नुभएको छ । हामी पाण्डवको फौज लिएर हिँडेका छौं । रामायण पढ्नुभएको होला, कौरवको के गति भयो भनेर ? उहाँले कौरवको फौज देखाउन खोज्नुभएको छ, तर हामी पाण्डवको फौज भनेको शक्तिको फौज हो । चाहे त्यो सानो होस या ठूलो होस् । मलाई सबैको साथ र समर्थन । भवानी राणाको समर्थन छ । उहाँसँग मैले उपाध्यक्ष भएर काम गरेको छु । शेखर गोल्छाजीको समर्थन छ । पूर्व अध्यक्षहरुको समर्थन छ ।”

https://youtu.be/XH6pnT-jPzE

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?