निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
निशान हत्या प्रकरण: चलाइएको गोलीको ‘बलिष्टिक’ परीक्षण गरिने

सारांश

  • काठमाडाै, २५ साउन ।
  • अपहरित निशान खड्कालाई जीवित उद्धार गर्न असफल महानगरीय अपराध महाशाखाले भक्तपुरमा गरेको विवादास्पद मुठभेडको वैज्ञानिक परीक्षण हुने भएको छ।
  •  घटनाकाे छानवीन गरिरहेकाे राष्ट्रिय मानव अधिकार अायाेगले महाशाखाको टोलीले चलाएको गोली र हतियारको ‘बलिष्टिक’ परीक्षण गर्ने तयारी गरेकाे हाे।

काठमाडाै, २५ साउन । अपहरित निशान खड्कालाई जीवित उद्धार गर्न असफल महानगरीय अपराध महाशाखाले भक्तपुरमा गरेको विवादास्पद मुठभेडको वैज्ञानिक परीक्षण हुने भएको छ। घटनाकाे छानवीन गरिरहेकाे राष्ट्रिय मानव अधिकार अायाेगले महाशाखाको टोलीले चलाएको गोली र हतियारको ‘बलिष्टिक’ परीक्षण गर्ने तयारी गरेकाे हाे। यो परीक्षणबाट अपहरणकारीसँग दोहोरो भिडन्त भएको स्थानको प्रहरी मुचुल्कामा उल्लेख भएकै दुरीबाट गोली चलेको हो वा होइन भन्ने यकिन गर्नेछ। यस्तै मृतकको शरीरमा लागेको गोली र घटनास्थलमा भेटिएको हतियारको समेत परिक्षण हुनेछ।

राष्ट्रिय मानव अधिकार आयोगले विवादस्पद मुठभेडमा मारिएका गोपाल तामाङ र अजय तामाङको शरीरमा लागेको गोलीले पुर्याएको क्षति, महाशाखाले मुठभेडमा प्रयोग गरेको हतियार र हानिएको दुरीसहितको विश्लेषण गर्न अनुसन्धान टोलीमा विज्ञलाई नियुक्त गरेको छ। ‘बिलिष्टिक’ विज्ञसहितको आयोगको टोलीले महाशाखा र भक्तपुर प्रहरीले घटनास्थल मुचुल्कामा उल्लेख गरेको विवरण र कारवाहीको यथार्थ अनुसन्धान गर्नेछ। आयोग सदस्य सुदीप पाठकले मुठभेडका घटनाको छानवीनमा बलिष्टिक जाँच सबैभन्दा महत्वपूर्ण हुने भएकाले अनुसन्धान टोलीमा एक विज्ञ नियुक्त गरिएको जानकारी दिए। ‘बलिष्टिक अनुसन्धानको विज्ञ नेपालमा जम्मा दुईजना हुनुहुँदो रहेछ एक जनालाई टोलीमा राखेका छौं’, उनले भने। यसअघि आयोगले दिनेश अधिकारी ‘चरी’ मुठभेड घटनाको अनुसन्धान बलिष्टिक विज्ञको अभावमा पूरा गर्न सकेको थिएन।

आयोगले निशान खड्का हत्या प्रकरण विस्तृत अनुसन्धान गर्न फाेरेन्सिक, पूर्व प्रहरी अधिकारी र बलिष्टिकसहितको अनुसन्धान टोली बनाएको छ। गत साउन २० गते राति राती काँडाघारीस्थित डेराबाट हराएका निशानको शब भोलिपल्ट बिहान घरदेखि केही पर गाडिएको अवस्थामा भेटिएको थियो। महानगरीय अपराध महाशाखाको टोलीले घटनामा संलग्न दुई जना गोपाल तामाङ र अजय तामाङ मुठभेडमा मारिएको बताएको थियो। घटना प्रकृति, प्रत्यक्षदर्शीको बयान र प्रहरीले दाबी गरेका विषय मिल्दो नदेखिँदा प्रहरी कारवाही विवादित बनेको हो।

गोपाल र अजयका परिवारले दुवैलाई पक्राउ पछि गैरन्यायिक हत्या गरिएको भन्दै अनुसन्धान तथा कारवाहीका लागि बुधबार आयोगमा उजुरी दिएका थिए। उजुरी परेकै दिनदेखि आयोगले अनुसन्धान सुरु गरेको हो। आयोगले यसअघि यही प्रकृतिका घटनामा गरेको अनुसन्धानका कमीकमजोरी र उपलब्धिलाई समेत विश्लेषण गर्दै निशान हत्या प्रकरणको छानवीन अघि बढाएको उनले जानकारी दिए। ‘आयोगमा मुठभेडसम्बन्धी अनुसन्धानको धेरै अनुभव नभएकाले विज्ञ समुहको सहयोग समेत लिनेछौं,’ यो अनुसन्धानको नेतृत्व गरिरहेका सदस्य पाठकले  भने।

आयोगले घटनाको अनुसन्धानका लागि निश्चित मार्गनिर्देश समेत बनाएको छ। अनुसन्धान प्रारम्भ बिन्दुदेखि अनुसन्धान निश्कर्षमा पुर्याउने विषयहरुको टोली बनाएर अध्ययन हुनेछ। यसका लागि घटनास्थलमा जाने, सबुत प्रमाणको अध्ययन, आवश्यक परीक्षण र सञ्चारमाध्यममा आएका समाचार सामाग्रीको विश्लेषण समेतका लागि टोली बनाइएको छ।

(https://www.stellardental.my/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    गूद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?