आफ्नो अभिव्यक्तिप्रति माफी मागे मन्त्री तामाङले
सारांश
- काठमाडौ,६ साउन ।
- कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुको बारेमा दिएको अभिव्यक्ति प्रति माफी मागेका छन्।
- आइतबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री तामाङले विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चारमाध्यममा आएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
काठमाडौ,६ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुको बारेमा दिएको अभिव्यक्ति प्रति माफी मागेका छन्। आइतबार दिउँसो एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री तामाङले विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चारमाध्यममा आएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत दुई हजारभन्दा बढी विद्यार्थीले भोग्नु परेको समस्यालाई आफूले उजागर गरेको दावी गरेका छन्।‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेका छन्’, मन्त्री तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीले विदेशमा गइ चिकित्सा विषय अध्ययन गर्नुको विकल्पमा नेपालमा नै सो विषयमा अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीले त्यस्ता समस्या भोग्ने अवस्था अन्त्य हुन्छ भन्ने मेरो आशय हो।’
उनले आफूले विशेष सन्दर्भमा दिएको अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत र अध्ययन गरेर फर्केका छात्राहरुमा असर पर्न गएको भन्दै माफी मागेका छन्। ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु’, उनले भनेका छन्। आफू महिलाहरुको आत्म सम्मान हिंसामुक्त समाज र नारी अस्मिता रक्षाको पक्षमा रहेको र रहिरहने विश्वास समेत उनले दिलाएका छन्।
कानुनमन्त्री तामाङले शुक्रबार एक विद्यालयको कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको सर्वत्र आलोचना भएको थियो। आलोचना बढ्दै गएपछि मनत्री तामाङले स्पष्टिकरणसहित माफी मागेका हुन्।
Ravi Sharma
Yesta chor lai mafi dina hudaina k janta le net chalauda aprad manni nari mathi apasabda bolda mafi le pugni woow xepara haru ani hami janta veda
Kunti Tiwaree
Rajinama
Ananda Bajracharya
पक्कै यस्ले जाँडरक्सी तन्न खाएर अभिव्यक्ति दिएको होला।
Lok Nagarkoti
mafi mager ta hudain hamra cheli mathi khelwad garnelai sajaye dinai parxa afno natedarpani ta holanni
Bhuwan Waiba
Arkale naramro cmt garyo vanera risauna chi narisaunu hjr ko abibekti nai astai thiyo…jun hami tamang ko beijet garyo…
Bhim Chemjong
Baudik rastrabadi Comnist sarkarko mantri haruko taal…..
Dhoj Bahadur Shahi
Ya mantiriko xori bahini xnki kho
Ram Hari Shrestha
Aab mafi magne kp
Dhiraj Thapa
8 pass ko buddhi
Sunil Syangdan
Nepalko bigreko communist….thukka kaha haraye communist bhanne haru…yeslai k karbai hunxa ????
Anita Sharma
Maafi magnu thulo kura hoina yo 1 kisimko politics ho but maafi prati with feeling ka saath pratibdda hunu future ma sudhar garnu ho …minister jeu aupacharikta nivauna maafi magnu va vaye galat …chetana ka saath mafi magnu va vaye …very good…best of luck…
Devendra Maharjan
No no no vanisakeko xa record ma xa no sorry jail hunuparxa ke garxa herdai jau.yo sarkar le. Joil hunuparxa no sorry
Rai Man
Gairajimmawari boli bole pachhi naitikta le padma basirakhna milchha nakacharo neta ? nepali janata lai juwab dinu pardaina.
Bigyan Bastakoti
Mukh bolako ra……. bolako bhar xina