सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना

सारांश

  • ६ असार,काठमाडौं।
  • निजी मेडिकल कलेजले स्नातकोत्तर अर्थात् पिजीमा त्रिभुवन विश्वविद्यालयको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना लिएका छन् ।
  • चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम र केन्द्रीय कार्यालयको अनुमतिविना नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पिजीमा विद्यार्थी भर्ना लिएका हुन् ।

६ असार,काठमाडौं। निजी मेडिकल कलेजले स्नातकोत्तर अर्थात् पिजीमा त्रिभुवन विश्वविद्यालयको अनुमतिविनै धमाधम विद्यार्थी भर्ना लिएका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम र केन्द्रीय कार्यालयको अनुमतिविना नेसनल मेडिकल कलेज वीरगन्ज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले पिजीमा विद्यार्थी भर्ना लिएका हुन् ।

आइओएमले योग्यताका आधारमा तोकिएको शुल्कमा भर्ना लिनुपर्ने बताउँदै आएको छ । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता भएअनुसार भर्ना लिएको दाबी गरे पनि केन्द्रीय कार्यालयले भर्नाबारे आफू कुनै जानकारी नभएको बताएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?