राष्ट्रपति भण्डारी पोल्याण्डमा
सारांश
- काठमाडौं, १६ मंसिर ।
- राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनमा सहभागी हुन पोल्यान्ड पुगेकी छिन् ।
- उनलाई चोपिन वार्सा अन्तराष्ट्रिय विमानस्थलमा पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले स्वागत गरेका थिए ।
काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनमा सहभागी हुन पोल्यान्ड पुगेकी छिन् । उनलाई चोपिन वार्सा अन्तराष्ट्रिय विमानस्थलमा पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले विश्वका १ सय ९६ मुलुक सहभागी कार्यक्रममा भोलि सम्बोधन गर्नेछिन् । उनको सम्बोधनमा नेपालको जलवायु परिवर्तन सम्बन्धी आधिकारिक धारणा समेटिने छ । उनले भोली नै पोल्याण्डका समकक्षी सेवास्टियन दुदासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव सहभागी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया