शिल्पा शेट्टीको फिटनेस र डाइट मन्त्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
शिल्पा शेट्टीको फिटनेस र डाइट मन्त्र

सारांश

  • जब बलिउडमा अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ अभिनेत्री शिल्पा शेट्टीको नाम अगाडि आउँछ ।
  • उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनिसकेपछि पनि एकदम फिट देखिन्छिन् ।
  • शिल्पाले फिटनेसका लागि आफ्नो पावर योगा डिभिडी लन्च गरेकी छिन् ।

जब बलिउडमा अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ अभिनेत्री शिल्पा शेट्टीको नाम अगाडि आउँछ । उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनिसकेपछि पनि एकदम फिट देखिन्छिन् । शिल्पाले फिटनेसका लागि आफ्नो पावर योगा डिभिडी लन्च गरेकी छिन् । शिल्पाका अनुसार तन मनदेखि फिट रहनका लागि योगा सबैभन्दा राम्रो तरिका हो ।

शिल्पाको एक्सरसाइज रुटिन

आफूलाई मेन्टेन राख्नका लागि शिल्पा हरेक प्रकारको एक्सरसाइज गर्छिन् । जसमा कार्डियो वर्कआउटदेखि लिएर स्ट्रेन्थ टे«निङ र योगा समावेश छ । उनी एक हप्तामा पाँच दिन वर्कआउट गर्छिन् । यसमा दुई दिन योगा, दुई दिन स्ट्रेन्थ ट्रेनिङ र एक दिन कार्डियो लागि रिजर्भ छ । स्ट्रेन्थ ट्रेनिङलाई उनले दुई भागमा विभाजन गरेकी छिन् ।

१.माथिल्लो शरीर कसरत र २. लोअर बडीको कसरत । स्ट्रेन्थ ट्रेनिङ समयमा मांसपेसीलाई आकार दिनका लागि हलुकाभन्दा बढी वजन उठाउन मन पराउँछिन् । उनी तनाब कम गर्न योगापछि १० मिनेट ध्यान गर्छिन ।

शिल्पाको डाइट प्लान
शिल्पा शेट्टी प्रतिदिन १८०० क्यालोरी प्रयोग गर्छिन् । उनको दिन अमला र एलोभेराको जुससँग सुरु हुन्छ । उनी लो ग्लाइसेमिक इडेक्सवाला कार्बोहाइड्रेड लिन बिर्सन्नन् । खाना पकाउँने बेला जैतुनको तेल प्रयोग गर्छिन् । शिल्पा प्रायः ननभेज खाना खान मन पराउँछिन् । योगा र व्यायामपछि शिल्पा प्रोटिन सेक लिन मन पराउँछिन् । उनी हप्तामा ६ दिन बाहिर रेस्टुरेन्टमा खाना खान्छिन् ।

शिल्पाको दैनिकी खाना सूचि

ब्रेकफास्टः १ कचौरा दाल, एक कप चिया वर्कआउटपछि प्रोटिन सेक र २ खजुर
लन्चः घ्यु लगाएको एक रोटी (पाँच विभिन्न प्रकारका अन्नबाट बनेको आँटा) चिकेन दाल रिफाइन्ड, तेलबाट बनेको तरकारीदिउँसोः एक कप ग्रिन टी
साँझः सोया दूध

रातिः स्याउ र सलाद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?