बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २३, २०८१
|
|
२० पटक हेरिएको
Shares
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन्।
  • पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई नि:शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन्।

पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै असक्तहरुलाई नि:शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

उनले भनेका छन्-

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हड्पेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ नि: सुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ। अनि हामी चाहिँ देश प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौं।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?