फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

सारांश

  • काठमाडाैं।
  • फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ।
  • दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन्।

काठमाडाैं। फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ। दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन्। खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई पाखा लगाउँदै अन्तिम चारमा आइपुगेका हुन्। अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई र क्रोएसियाले पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गरेको हो।

आज भिडन्त हुने यी दुई टोलीबीच हालसम्म फिफा विश्वकपका समूह चरणका खेलहरुमा दुईपटक आमनेसामने भएका छन्। सन् १९९८ मा अर्जेन्टिनाले १-० गोलले क्रोएसियामाथि जीत दर्ता गरेको थियो । त्यसको बदलामा क्रोएसियाले २०१८ मा रसियाको विश्वकपमा ३-० गोलले यादगार जीत निकालेको थियो।

फिफा विश्वकप २०२२ मा भने यी दुई टोलीहरु पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन् २०१४ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २-१ को जीत निकाल्दा सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३-२ को जीत निकालेको थियो।

त्यसैगरी सन् १९९४ मा खेलिएको अर्को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो। अर्जेन्टिनाले पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमा एकमा मात्र हार व्यहोरेको छ भने क्रोएसियाले १२ वटा विश्वकप खेल खेल्दा एक मा हार व्यहोरेको छ।

यता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने आजको खेलसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा प्रस्तुत हुँदैछन्। मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमानी बराबरी गर्दै विश्वकपमा २५ औं खेल खेल्ने खेलाडी बन्दैछन्।

सेमिफाइनल पछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै मेस्सी सर्वाधिक विश्वकप खेल्ने कीर्तिमानी खेलाडी समेत घोषित हुनेछन्।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    gate io fon şifresi kaldırma

    I am a website designer. Recently, I am designing a website template about gate.io. The boss’s requirements are very strange, which makes me very difficult. I have consulted many websites, and later I discovered your blog, which is the style I hope to need. thank you very much. Would you allow me to use your blog style as a reference? thank you!

    Comment Author

    Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/fr/register?ref=GJY4VW8W

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
बलात्कारी बचाउनेलाई प्रवल जनसेवाश्री पदक
बलात्कारी बचाउनेलाई प्रवल जनसेवाश्री पदक
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार
नेपालद्वारा बंगलादेश पराजित
नेपालद्वारा बंगलादेश पराजित
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु
प्रहरी हिरासतमा रहेका एकजनाको मृत्यु
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी

तपाईंले छुटाउनुभयो कि?