नेकपा स्थायी कमिटी बैठक नबस्दा सरकारको बढी आलोचना !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी बैठक नबस्दा सरकारको बढी आलोचना !

सारांश

  • काठमाडौं ।
  • तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा भइसके पनि एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन।
  • बेला बेलामा नेकपा सचिवालय बैठक बसेपनि स्थायी कमिटी बैठक बस्न नसकेको तीन महिला बितिसकेको छ।

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा भइसके पनि एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन।

बेला बेलामा नेकपा सचिवालय बैठक बसेपनि स्थायी कमिटी बैठक बस्न नसकेको तीन महिला बितिसकेको छ। स्थायी कमिटी बैठक बस्न नसक्दा एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन।
जनवर्गीय संगठनको एकता तथा नेताहरुले विभाजन नभएका कारण एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो।

नेताको जिम्मेवारी लगायतका विषयमा निर्णय गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन भएपनि कार्यदलले गृहकार्य पूरा गर्न नसक्दा सोमबार र मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत बस्न सकेको छैन। नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अस्वस्थ भएका कारण र कार्यदलले गृहकार्य पूरा नगरेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताएका छन्।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार विहान अस्पताल भर्ना भएका छन्। ओली अझै केही दिन अस्पतालमै बस्नु पर्ने भएपछि तत्काल स्थायी कमिटी बैठक बस्ने संभावना पनि छैन।

दुई तिहाइ बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ। नेकपाकै नेताहरुले समेत सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री ओलीले सरकारले गरेको कामको प्रचार गर्न आफ्नै दलका नेता कार्यकर्तालाई आग्रह गरेपनि पार्टीबाट सरकारको पक्षमा आवाज उठ्नुको साटो सरकारको आलोचना हुने गरेको छ। यस्तो अवस्थामा स्थायी कमिटी बैठक बस्न नसक्दा नेताहरुमा असन्तुष्टि चुलिएको छ। 

सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नुको पछाडि पार्टीभित्र गम्भीर छलफल हुन नसक्नु र सरकारले रचनात्मक सुझाव पाउन नसक्नु हो भन्ने तर्क नेताहरुको देखिएको छ । सरकारको कामकाज प्रभावकारी बनाउन पनि सघन बैठकको खाँचो नेताहरुले औंल्याएका छन् । बैठक बस्न नसक्नुको ठोस कारण सचिवालयबाट नदिइए पनि तयारी नपुगेको विषयलाई आधार बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?