बझाङमा भूकम्पपछि पठनपाठन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२८ पटक हेरिएको
Shares
बझाङमा भूकम्पपछि पठनपाठन प्रभावित

सारांश

  • धनगढी ।
  • भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ ।
  • अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् ।

धनगढी । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् ।

यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भोलि असोज १९ गतेसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको जानकारी दिए ।

१२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए ।

मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र समेत बस्न सकिरहेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?