दाजुभाइनै प्रतिस्पर्धी,आमालाई पीडा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
दाजुभाइनै प्रतिस्पर्धी,आमालाई पीडा

सारांश

  • ११ असार, ताप्तेजुङ ।
  • ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको एक वडामा एकै परिवारका दाजुभाइनै फरकफरक पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।
  • फुङ्लिङ् नगरपालिका-३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन् ।

११ असार, ताप्तेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको एक वडामा एकै परिवारका दाजुभाइनै फरकफरक पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।

फुङ्लिङ् नगरपालिका-३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् ।

दाजुभाइनै फरकफरक पार्टीबाट एउटै पदका प्रतिस्पर्धी भएपछि आफन्तलाई भने समस्या भएको छ ।

आˆना दुबै छोरा वाडाध्यक्षका लागि फरक फरक पार्टीबाट उम्मेदवार बनेकाले आमा मायादेवीलाई सबैभन्दा धेरै पीडा भएको छ ।

‘उठे पनि एउटै पदमा नउठ भन्दा भन्दै मानेनन्’ मायादेवीले भनिन्,’भोट कस्लाई हाल्ने आफन्तले त बरु छान्लान म कसलाई छानुँ र भोट हालुँ ?’

मायादेवीले आफूलाई छोरा उम्मेदवार भएकोमा सुखी भन्दा पनि दुःख लागेको बताइन । ‘अरु उम्मेदवारका आमा छोरा उम्मेदवार बन्यो भनेर खुशि छन्,’ उनले भनिन्,’आˆनै दुई छोरा अध्यक्षकै उम्मेदवार हुँदा मलाई खुसी भन्दा पीडा बढी भएको छ ।’

उनले आफूलाई छोराहरुले दोधारमा नपरी माईलालाई भए पनि कान्छालाई भए पनि भोट हाल्नु भन्ने गरेको भन्दै उनले आफूले भने कसैलाई भोट नहालि बसौंकी भन्ने सोचमा रहेको बताइन ।

यता फरकफरक पार्टीबाट एउटै पदमा उम्मेदवारी दर्ता गराएका दुई दाजुभाइले भने एकै घरका दाजुभाइ भएपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
४४ लाख मत बदर, दुई मत ल्याउने पनि दल
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
रवि लामिछाने तत्काल पक्राउ पर्ने सम्भावना न्युन
रवि लामिछाने तत्काल पक्राउ पर्ने सम्भावना न्युन
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन
कोरोना संक्रमित भीआइपीहरु
कोरोना संक्रमित भीआइपीहरु
डाक्टर नहुँदा शव परीक्षण हुन सकेन
डाक्टर नहुँदा शव परीक्षण हुन सकेन

तपाईंले छुटाउनुभयो कि?