राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राजदूतका सहयोगीले ठगी गरेपछि दूतावासले गुहार्यो परराष्ट्रलाई

सारांश

  • काठमाडौं, १४  मंसिर।
  • अस्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका बाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्टेलियास्थित नेपाली दूतावासले जनाएको छ।
  •   राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो।

काठमाडौं, १४  मंसिर। अस्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाका निजी सहयोगीका रुपमा अस्ट्रेलिया पुगेका बाङ्छु शेर्पाले गर गहनालगायत बहुमूल्य सामान लिइ फरार रहेको अस्टेलियास्थित नेपाली दूतावासले जनाएको छ।  राजदूतका निजी सहयोगी बाङ्छु शेर्पाले नेपालमा र सिंगापुरमा समेत विभिन्न नेपालीलाई ठगेर फरार रहेको दूतावासले जनाएको हो।

अस्ट्रेलियाको प्रहरीले समेत अस्ट्रेलिया बाहिर बाङ्छुले गरेका ठगी सम्बन्धी अनुसन्धान तथा कारवाही अगाडि बढाउनका लागि इन्टरपोलमार्फत जानकारी पठाइ दिन नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।  बाङ्छु शेर्पाले नेपालमै पनि धेरै नेपालीलाई विभिन्न वहानामा ठगी गरेर फरार रहेकाले पीडितले शेर्पा विरुद्ध प्रहरीमा गरेको उजुरी सम्बन्धी विस्तृत जानकारी दिनकालागि दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। सिंगापुरमा रहेका नेपालीलाई समेत अस्ट्रेलिया पठाइ दिने बहानामा शेर्पाले धेरैलाई ठगेको पाइएको दूतावासका काउन्सेलर राजेन्द्र पाण्डेले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?