झारखण्डमा भाजपालाई झड्का

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
झारखण्डमा भाजपालाई झड्का

सारांश

  • भारतमा नयाँ नागरिकता ऐनको चर्को विरोध भइरहँदा सत्तारुढ भारतीय जनता पार्टीलाई झारखण्डको विधानसभा चुनावमा झड्का लागेको छ ।
  • चुनावी नतिजा आइरहँदा भाजपा प्रतिपक्षमा सिमित हुने देखिएको छ ।
  • चुनावमा कँग्रेस आई, राष्ट्रिय जनता दल र झारखण्ड मुक्ति मोर्चाको महागठबन्धनले बहुमत ल्याउने देखिएको छ ।

भारतमा नयाँ नागरिकता ऐनको चर्को विरोध भइरहँदा सत्तारुढ भारतीय जनता पार्टीलाई झारखण्डको विधानसभा चुनावमा झड्का लागेको छ । चुनावी नतिजा आइरहँदा भाजपा प्रतिपक्षमा सिमित हुने देखिएको छ ।

चुनावमा कँग्रेस आई, राष्ट्रिय जनता दल र झारखण्ड मुक्ति मोर्चाको महागठबन्धनले बहुमत ल्याउने देखिएको छ । बहुमतका लागि ४१ सिट ल्याउनुपर्छ । गठबन्धनले ४१ सिटमा अग्रता लिइरहेको छ । भाजपा २९ सिटमा अग्रता हासिल गरिरहेको छ ।

पछिल्लो समय भारतमा भाजपाविरुद्ध विपक्षी एकजुट भइरहेका छन् । यही समयमा झारखण्डको चुनावी नतिजा भाजपाको विपक्षमा देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?