ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर

सारांश

  • अमेरिकी ।
  •  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनिच्छापूर्वक हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको छ ।
  • रुसको युक्रेन नीति र गत अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने रुसको आरोपित प्रयत्नका कारण पछिल्लो नाकाबन्दी प्रस्ताव गरिएको हो ।

अमेरिकी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनिच्छापूर्वक हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको छ । रुसको युक्रेन नीति र गत अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने रुसको आरोपित प्रयत्नका कारण पछिल्लो नाकाबन्दी प्रस्ताव गरिएको हो । रुसी प्रधानमन्त्री मेदभेदेवले नयाँ अमेरिकी प्रतिबन्धबारे प्रतिक्रिया दिँदै भने, “अमेरिकाले रुससँग “पूर्ण आकारको व्यापार युद्ध” घोषणा गरेको छ ।” उक्त कानूनले इरान र उत्तर कोरियामाथि पनि थप प्रतिबन्धको व्यवस्था गरेको छ।

राष्ट्रपति ट्रम्पले बन्द कोठामा उक्त विधेयकमाथि हस्ताक्षर गरेका थिए र पछि एउटा विज्ञप्ती जारी गरेर उक्त कानूनका व्यवस्था समस्याग्रस्त रहेको बताए । ट्रम्पले विधेयकको पक्षमा सर्वसम्मत अनुमोदन गरेको अमेरिकी कंग्रेसको आलोचना गरे । विधेयकले रुसमाथिको प्रतिबन्ध फुकुवा गर्ने राष्ट्रपतिको अधिकारलाई सीमित गरिदिएको छ । विधेयकले केही रुसीहरुलाई अमेरिका प्रवेश गर्न अनुमति नदिने र व्यक्तिहरुलाई दिइएको प्रवेशाज्ञा फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दीमित्री पेस्कोभले अमेरिकी निर्णयको आलोचना गर्दै भने, “त्यो त हाम्रा लागि समाचारै होइन। राष्ट्रपतिले हस्ताक्षर नगरेको भएपनि त्यो स्वत: कानून बन्ने वाला थियो ।”
पुटिनले प्रतिक्रियामा रुसस्थित अमेरिकी दुतावास र कन्सुलेटबाट ७५५ जना अमेरिकी कुटनीतिज्ञलाई सेप्टेम्बर १ तारिखसम्ममा फिर्ता लैजान आदेश दिएका छन् । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?