नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाल–भारतमा फेरि ठूलो भुकम्प जाने सम्भावना !

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • पश्चिम नेपाल र भारतको उत्तराखण्ड क्षेत्रमा भूकम्प जाने सम्भावना रहेको भूगर्भविद्ले बताएका छन् ।
  • पश्चिम नेपाल र भारतको उत्तरखण्ड क्षेत्रमा भुकम्प जाने र कम्तीमा १० लाख मानिस मर्ने अनुमान गरिएको छ ।

काठमाडौं, २३ मंसिर । पश्चिम नेपाल र भारतको उत्तराखण्ड क्षेत्रमा भूकम्प जाने सम्भावना रहेको भूगर्भविद्ले बताएका छन् । पश्चिम नेपाल र भारतको उत्तरखण्ड क्षेत्रमा भुकम्प जाने र कम्तीमा १० लाख मानिस मर्ने अनुमान गरिएको छ ।

तीनवर्ष लगाएर भारतको जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सिपी राजेन्द्रको नेतृत्वमा भएको अध्ययनले पश्चिम नेपाल र भारतको उत्तराखण्ड छेउछाउलाई लक्ष्यित गरेर ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जाने खतरा देखाएको हो । राजधानी दैनिकमा समाचार छ ।

भूकम्पका पछिल्ला प्रवृत्तिबारे अध्ययन गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले पनि यो अध्ययन तथ्यपरक रहेको बताएका छन् । कुनै पनि बेला यो विपत्ति आउन सक्ने भएकाले सुरक्षित रहन अपिल गरिएको छ । दक्षिण एसियाको हिमालय क्षेत्रमा भविष्यमा कुनै पनि बेला ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जान सक्ने अध्ययनमा देखिएको हो ।

१२ वैशाख २०७२ मा गएको भूकम्पले ९ हजार मानिसको ज्यान गएको थियो । ५ लाख भन्दा बढी घरबारविहीन भएका थिए । उनीहरु तंग्रिएर उठ्ने अवस्था नबन्दै फेरि नेपाल र भारतका १० लाख मानिस मर्नसक्ने अनुमानसहित ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?