जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
जनयुद्ध शुरु गर्ने बेला जब बाबुरामले राजीनामा दिए

सारांश

  • ०५२ सालमा जनयुद्ध शुरु गर्ने तयारीका लागि नेकपा (माओवादी)का सबै जिम्मेवार नेता कार्यकर्ताहरू मरिमेटेर लागेका बेला बाबुराम र प्रचण्ड बीच झगडा शुरु भयो ।
  • यो झगडा पार्टीभित्रका केही कार्यकर्ताहरूलाई थाहा भए पनि पार्टीवाहिर त्यति प्रचारमा नआएको झगडा हो ।
  • यी दुईका बीच पछि भएका झगडाहरू सबै नै जनयुद्धको तयारीको बेला भएको यही झगडाकै विस्तारित स्वरुप मात्र थिए ।

०५२ सालमा जनयुद्ध शुरु गर्ने तयारीका लागि नेकपा (माओवादी)का सबै जिम्मेवार नेता कार्यकर्ताहरू मरिमेटेर लागेका बेला बाबुराम र प्रचण्ड बीच झगडा शुरु भयो । यो झगडा पार्टीभित्रका केही कार्यकर्ताहरूलाई थाहा भए पनि पार्टीवाहिर त्यति प्रचारमा नआएको झगडा हो । यी दुईका बीच पछि भएका झगडाहरू सबै नै जनयुद्धको तयारीको बेला भएको यही झगडाकै विस्तारित स्वरुप मात्र थिए ।

प्रचण्डले जनयुद्धको शुरुवातका लागि नेपाललाई चार कमाण्डमा बाँड्ने र प्रत्येक कमाण्डको नेतृत्व वरिष्ठ नेताले नै गर्ने प्रस्ताव केन्द्रिय समितिमा राखेका थिए र त्यो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । त्यसअनुसार पश्चिम कमाण्डमा बादल, मध्य कमाण्डमा बाबुराम, उपत्यकाको केन्द्रिय कमाण्डमा किरण (मोहन वैद्य) र पूर्वकमाण्डमा सीपी गजुरेललाई जिम्मा दिने तथा संयुक्त जनमोर्चाको अध्यक्षमा बाबुरामको ठाउँमा पम्फा भुषाललाई जिम्मा दिने निर्णय सर्वसम्मतिले पारित गरेको थियो ।

यसमा बाबुरामले असहमतिका कुनै सङ्केत दिएनन् र पूर्ण सहमति नै जनाएका थिए । पार्टीको वरिष्ठता क्रममा यो निर्णय सही थियो र बरु बाबुरामभन्दा शितलकुमार वरिष्ठ भए पनि उनले कमाण्ड इन्चार्जकै जिम्मा नलिएर तलै बसेर काम गर्न तयार भई बाबुरामलाई नै कमाण्ड इन्चार्जको जिम्मा दिने कुरामा पूर्ण सहमति दिए ।

तर बाबुरामलाई भने संयुक्त जनमोर्चाको अध्यक्ष पद पनि लिने मन रहेछ भन्ने कुरा पछि आएर मात्र प्रष्ट भयो, उनले यस्तो मनको कुरा बैठकमा राखेनन् । बाबुरामले यो मनको कुरा प्रचण्डलाई समेत पनि प्रत्यक्ष रूपमा भनेनन् । बाबुरामले उनको पिएचडी थेसिसलाई पुस्तकको रुपमा निकाल्न केही समय चाहिने भएकोले पार्टीको जिम्मेवारीबाट बिदा पाउन पऱ्यो भनेर मौखिक राजीनामा प्रचण्डसँग राखे ।

जनयुद्धको तयारीको लागि सबै नेता कार्यकर्ताहरू मरिमेटेर लागिरहेको बेला र भोली जनयुद्ध शुरु भएपछि को बाँच्छ र को बाँच्दैन भन्ने थाहा ठेगान नभएको बेला, बाबुराम जस्तो मान्छेले पिएचडी थेसिस छपाउन पार्टीबाट राजीनामा दिएर बिदा माग्नु भनेको उनले निहुँ खोजेको हो भन्ने प्रष्टै थियो । यसबाट उनको ढोँगी पाखण्डी सोचाई पनि प्रष्ट भएको थियो । महिलालाई नेतृत्वदायी ठाउँमा ल्याउनु पर्छ भनेर चर्का कुरा गर्ने ‘बाबुराम-हिसिला कम्पनी’लाई संयुक्त जनमोर्चाको अध्यक्ष पम्फालाई बनाइनुले असह्य पीडा थपेको रहेछ ।
पार्टीको निर्णय सर्वसम्मत भएकोले कार्यान्वयनमा गइसकेको थियो र र सबै वरिष्ठ नेताहरूले कमाण्ड इन्चार्जको जिम्मा लिएर बैठक समेत गराइसकेका थिए । संयुक्त जनमोर्चाको राष्ट्रिय भेला गरेर पम्फा भुषाललाई अध्यक्ष बनाउने काम सम्पन्न भइसकेको थियो । त्यसपछि आएर बाबुरामले अनेक वहाना बनाएर निहु खोज्नु भनेको सानोतिनो कुरा थिएन । यस्तै बीचमा बाबुरामलाई संयुक्त जनमोर्चाको अध्यक्ष बनाएपछि सब ठिक हुन्छ भनेर हिसिलाले प्रचण्डलाई भनेपछि सबै कुरा प्रष्ट भयो । कमाण्ड इन्चार्जको साथै जनमोर्चाको अध्यक्ष नपाए जनयुद्ध शुरु नहुँदै बाबुरामले अनेक किचोला निकाल्न सक्ने सम्भावना देखा पऱ्यो । सम्भवतः बाबुराम जनयुद्ध शुरु नहुँदै अलग भएर सानो पार्टी खोलेर बस्ने सम्भावना देखियो ।

त्यसपछि पार्टीमा यसबारे छलफल शुरु भयो । विभिन्न तर्कवितर्कहरू भए । अन्तमा जनमोर्चाको अध्यक्ष दिएर बाबुरामलाई पनि जनयुद्धमा लिएर जाँदा नै फाइदा हुने निष्कर्ष निस्क्यो । जनमोर्चाको कारणले गर्दा प्रचण्ड, किरण, वादल आदिभन्दा पनि बाबुराम जनतामा बढी चिनिएका थिए । जनयुद्ध शुरुवात भन्दा अगाडि नै बाबुरामले पार्टीमा निराशा फैलाउन सक्ने, पार्टीमा भाँडभैलो मच्चाउन सक्ने, पार्टी नै फुटाउन सक्ने तथा जनयुद्धका गोप्यताहरू सबै दरबार तथा काङ्ग्रेसलाई बुझाउन सक्ने खतरा देखेर पार्टीले नयाँ निर्णय लियो र पम्फालाई अध्यक्षबाट हटाएर पुनः बाबुरामलाई नै जनमोर्चाको अध्यक्ष बनाउने निर्णय गऱ्यो ।

बाबुरामलाई जनमोर्चाको अध्यक्ष बनाएपछि उनी काममा लागे । राजीनामा र बिदा लिने कुरा तथा उनको कथित बुर्जुवा थेसिस छाप्ने कुरा पनि हरायो । बाबुरामले पद र नामको प्रचार पाउने भएमा जे पनि गर्न तयार रहने, पद र नामको प्रचार गर्न नपाउने भएमा भगौडा बन्ने प्रवृत्ति त्यसैबेलादेखि देखाउन थाले ।

अहिले केही समय अगाडि एमाले माओवादी एकतामा बाबुराम आफुले पनि पद र नाम प्रचार पाउने सम्भावना भएपछि कम्युनिष्ट एकता अभियानको ठुलो बखान गरेर भाषण गरे । तर, प्रचण्डले बाबुरामको ठाउँमा नारायणकाजीलाई भीडाएपछि भने तथानाम गाली गरेर भागे तथा कांग्रेसको शरणमा पुगे । बाबुरामलाई गोरखाको सांसद पद दिएको भए अहिले एमाले माओवादी र कम्युनिष्ट एकताको पूजारी बनेर पशुपतिको भट्टले भन्दा बढी पूजा पाठ यिनले गर्दथे र सम्भवतः आफ्नो थर गोत्र समेत परिवर्तन गरेर भट्टराईबाट एकता भट्ट राख्दथे ।

त्यो बेला बाबुराम र प्रचण्डले जितेर पम्फाले हारे जस्तै अहिले पनि बाबुराम र प्रचण्डले नै जितेर नारायणकाजीले हारे । फरक यति हो कि त्यो बेला बाबुरामले प्रचण्डलाई फकाएर पद हात पारे भने यसपाली चाहिँ देउवालाई फकाएर । बाबुरामको लागि नयाँ शक्ति भनेको आफुलाई जसरी भए पनि पद हात पार्नु हो र सिद्धान्तका कुरा भनेको उनको लागि ढोंग र पाखण्ड मात्र हो भन्ने यसपटक पनि पुष्टि भएको छ । नयाँ शक्तिका कथित सिद्धान्तहरू बाबुरामको पदको भ¥याङ मात्र हो भन्ने प्रमाणित भएको छ ।

रवीन्द्र श्रेष्ठ /घटना र विचार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी
टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा
सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न
सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न

तपाईंले छुटाउनुभयो कि?