कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कोटेश्वर जाम हटाउने महेश बस्नेतकाे प्रयास सफल हुँदै

सारांश

  • काठमाडौँ, १२ मंसिर ।
  • राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य गर्न सुरूङ मार्ग बनाइने भएको छ ।
  • नेकपा नेता पुर्ब मन्त्री महेश बस्नेतको अथक प्रयासमा सडक बिभागले निर्माण प्रकृया थालेको छ्।

काठमाडौँ, १२ मंसिर । राजधानीको कोटेश्वर क्षेत्रमा जाम अन्त्य गर्न सुरूङ मार्ग बनाइने भएको छ । नेकपा नेता पुर्ब मन्त्री महेश बस्नेतको अथक प्रयासमा सडक बिभागले निर्माण प्रकृया थालेको छ्।परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चालु जापान भ्रमणको एउटा महत्वपुर्ण एजेण्डा कोटेश्वर सुरुङ मार्ग र सुर्यबिनयक धुलिखेल सडक छ लेनको निर्माण गर्न हस्ताक्षर हुने मन्त्रालय श्रोतले जनाएको छ्।
सोहि अनुसार सडक बिभागको बैदेशिक सहायता महाशाखामा भएको मिटिङमा जपानी  प्रनिधीहरुले कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्ने बिषयमा सहमती भएको छ ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिएका छन् । त्यस्तै अरनिको राजमार्गको कोटेश्वर सुर्यबिनायक खण्डकाे चारदोबाटो चोक, मनोहरा पुल लोकन्थलि र राधे राधे चोकमा आकाशे पुल निर्माण गर्ने, जडिबुटिको कार्यालय देखि ट्ंक प्रासाद आचार्यको सालिक सम्म र ठिमी क्षयरोग हस्पिटल एरियामा सर्भिस ट्र्याक निर्माण गर्ने, ५ ठाउँमा सडक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमी लगाएत ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने र निर्मणाधिन राधे राधेको हनुमन्ते पुल र लोकन्थलिको मनोहरा पुल निर्माणलाई तिब्रता दिने निर्णय भएको थियो।
बसेकाे छलफलमा  सांसद महेश बस्नेत, उप महानिर्देसक संजय श्रेष्ठ, कोटेश्वोर सिन्धुली सडकको डिई राकेश महर्जन लगाएत उपस्थित थिए।

उक्त बिषयमा उपमहानिर्देषक संजय श्रेष्ठले भने, ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ ।’ उनका अनुसार सुरूङ मार्ग जडिबुटी तिनकुने हुँदै बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ । उनले भने, ‘मनोहरा खोलामा अस्थायी पुल बनाइने छ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?