प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

सारांश

  • डडेल्धुरा, १४ असार ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
  • आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो ।

डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो ।

स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उहाँले स्थानीय बासिन्दासँग कुरा गर्नुहुँदै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताउनुभयो । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भन्नुभयो ।

प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गर्नुभएको हो । उहाँकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै हुनुहुन्छ । उहाँ बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
नयाँ आईजीमा सुरु भयो चलखेल, खरेल र खनाललाई उछिनेर कार्की आईजी ?
५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु
५० हजार पर्यटक भित्र्याउने गरी प्याराग्लाइडिङ उडान शुरु
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
आजीवन कारावासको सजाय पाएका कैदी फरार
आजीवन कारावासको सजाय पाएका कैदी फरार
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
निजामती सेवामा लागू गरेको समूह पद्धति हटाउन चलखेल सुरु
बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री
बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री

तपाईंले छुटाउनुभयो कि?