प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

सारांश

  • छेन्दु (चीन) ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन् ।
  • चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।

छेन्दु (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उनले भने, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।”

नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हाम्रो कर स्ल्याबहरू सबभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।” उहाँले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पारे ।

वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वेदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।” पछिल्लो समय सुधार भएका कानुनले व्यावसाय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उहाँले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति लिइएको जानकारी दिए ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ)को सञ्चालनका लागि प्रक्रियामा सरलता कायम गर्नका लागि आफूहरू गम्भीर भएर लागिपरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “एफडिआइको स्वचालित स्वीकृतिका लागि आवश्यक नियमहरू विकास गर्दैछौँ ।” उनले चीनका साथै सम्मेलनमा सहभागी हुन छेन्दु आएका विदेशी उद्योगी व्यवसायीलाई नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन पनि आह्वान गरे ।

पछिल्लो समय नेपालमा विकास भएका लोकतान्त्रिक पद्धतिको स्थायित्व र संस्थागत विकासका लागि पनि नेपालमा वैदेशिक लगानी आवश्यक भएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, “ऐतिहासिक शान्ति प्रक्रिया, लोकतान्त्रिक राजनीतिक परिवर्तन, गणतन्त्र र समाजवादोन्मुख समावेशी लोकतन्त्र स्थापनार्थ जारी संविधानको संस्थागत गर्न आर्थिक समृद्धि र विकास जरुरी छ, त्यसका लागि नेपाललाई एफडिआइसहित अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।”

सम्मेलनमा सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिक विविधता र नेपालको साहसिक पर्यटनको अनुभव गर्न यहाँहरूलाई आग्रह गर्दछु ।” उहाँले नेपालको वास्तविक प्रकृतिमा रमाउन आग्रह गर्दै भने, “तपाईँहरू नेपालको भव्य हिमालयको अद्भूत दृश्यहरू देखेर जीवनभरको अनुभव गर्नुहुनेछ ।”

नेपाल–चीनबीचमा सताब्दीऔँदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “दुई देश पहाड र नदीले जोडिएका छन्, हामी भौगोलिक निकटता र सांस्कृतिक आत्मियताले गाँसिएका छौँ, हाम्रो असल मित्रता विश्वसनीय छन् ।” नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उनले भने, “नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैँ प्रतिबद्ध छ ।”

नेपाल–चीनबीच रहिआएको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ तुल्याउनका लागि यसलाई विकास र समृद्धिको लागि प्रयोग गर्ने रणनीति अपनाइएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, “बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कमार्फत सम्पर्क सञ्जाललाई विस्तार गर्न हामी लागि परेका छौँ ।”

नेपालको विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको स्मरण गर्दै उनले भने, “हाम्रो खुसीका लागि चीनले उच्च गुणस्तरीय पूर्वाधार निर्माण, समृद्धिको लागि पहल, मानवता र प्रकृतिबीचको सद्भाव प्रवर्द्धन गर्ने र मानव उन्नति र विकासका नयाँ स्वरुप सिर्जनामा महत्व दिएको छ ।” उप्रधानमन्त्री श्रेष्ठले नेपालजस्ता विकासोन्मुख देशहरूको क्षमता विकास र समृद्धिसहित आधुनिकीकरणमा चीनले पुर्याएको सहयोगको प्रशंसा गरे ।

सिचुवान प्रान्तसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र सिचुआनबीच भूगोल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्बन्धका धेरै समानता रहेको बताए । नेपाल र चीनका जनताले बुद्धका शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने यथार्थ बताउँदै उनले त्यसले पनि द्विपक्षीय सम्बन्धलाई प्रगाढ तुल्याएको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय छेन्दु चीनको प्रवेशद्वार बनेको उल्लेख गर्दै चीनसँगको नेपालको कुल व्यापारको एकतिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको बताए ।

नेपालका लागि अन्तर्राष्टिय मेला निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मेलाले नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले यस्ता मेलाले जनस्तरको सम्बन्धलाई पनि प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो । नेपालले सन् २०१३ देखि यस मेलामा भाग लिँदै आएको छ ।

चीनले आफ्नो समग्र सामाजिक र आर्थिक विकासका साथै प्राविधिक विकासमा फड्को मारेको उल्लेख गर्दै उनले राष्ट्रपति सी चीनफिङको परिकल्पनाअनुसार सन् २०४९ सम्ममा चीन पूर्ण विकसित, बलियो र संस्कृतिकरूपमा उन्नत समाजवादी राष्ट्र बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
डेरामै नक्कली नोट छापेको भेटिएपछि…
डेरामै नक्कली नोट छापेको भेटिएपछि…
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
Milind Soman and Ankita Konwar looks stylish in their latest photoshoot, see pics
Milind Soman and Ankita Konwar looks stylish in their latest photoshoot, see pics
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
के राष्ट्रसंघले नेपालमा नसोधी जे पनि गर्न पाउँछ? अनुमति नलिइ राजनीतिक अनुगमन!
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?