बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री
सारांश
- काठमाडौँ, १९ चैत ।
- गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
- न्याय तथा अधिकार संस्था नेपाल (जरी)का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काठमाडौँ, १९ चैत । गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
न्याय तथा अधिकार संस्था नेपाल (जरी)का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अधिवक्ताहरुले महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको बलात्कारलगायत यौनजन्य अपराधको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका थिए । ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको लैंगिक हिंसाबाट संरक्षित भई सम्मानपूर्वक बाँच्न पाउने महिला तथा बालिकाको मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी समाजमा देखिएको हिंसा अविलम्ब रोक्न माग गरिएको छ ।
बलात्कारजस्तो जघन्य अपराधमा प्रहरीले जाहेरी नलिने, मिलापत्रका लागि प्रत्यक्ष अप्रत्यक्ष दबाब दिने, घरगाउँमा नै मिलापत्र गराउन प्रश्रय दिने, दलका नेता कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिबाट बलात्कारीलाई संरक्षण दिने खालका काम रोक्न ज्ञापनपत्रमा माग गरिएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो ६ महिनाको अवधि (२०७४ साउनदेखि पुस महिनासम्म)को तथ्याङ्कनुसार ५ सय २७ महिला एवं बालिका बलात्कृत तथा पछिल्लो ३ महिनामा बलात्कारपछि ५ जनाको हत्यासमेत भएको छ ।
प्रतिक्रिया