पैदल हिडिरहेका यात्रुको बसले हानेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पैदल हिडिरहेका यात्रुको बसले हानेर मृत्यु

सारांश

  • बनेपा ।
  • काभ्रेपलाञ्चोक पनौतीमा गएराति बसको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
  • पनौति चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बनेपा । काभ्रेपलाञ्चोक पनौतीमा गएराति बसको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । पनौति चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा परी चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो । काभ्रेको पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति सडकमा हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?