नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक

सारांश

  • काठमाडौं।
  • नेपालले भारतसँगको नक्शा विवादबारे वार्ता गर्न भारतसँग कुटनीतिक पहल भइरहेका बेला भारतले भने तत्कालन वार्ताको सम्भावना नरहेको बताएको छ।
  • नेपालले पटक पटक भारतले हालै जारी गरेको विवादास्पदक नक्शाबारे छलफल गर्न भारतसँग कुटनीतिक पहल भइरहेको बताए पनि भारतले भने त्यस्तो कुनै पहल नभएको बताएको हो।

काठमाडौं। नेपालले भारतसँगको नक्शा विवादबारे वार्ता गर्न भारतसँग कुटनीतिक पहल भइरहेका बेला भारतले भने तत्कालन वार्ताको सम्भावना नरहेको बताएको छ।

नेपालले पटक पटक भारतले हालै जारी गरेको विवादास्पदक नक्शाबारे छलफल गर्न भारतसँग कुटनीतिक पहल भइरहेको बताए पनि भारतले भने त्यस्तो कुनै पहल नभएको बताएको हो।

बिहीबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले नेपाल र भारतबीच वार्ताको कुनै मिति तय नभएको जानकारी दिए। पत्रकारको नेपाल र भारतबीच नक्शा विवादमा वार्ताका लागि मिति तय भएको हो? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यस्तो कुनै मिति तय भएको छैन। भएपछि भन्छु।’

उनले भारतले नेपालको भूमि नमिचेको आफ्नो पुरानो अडान फेरि दोहोर्याए। उनले भने, ‘नेपालको भूमिबारे मैले पहिला नै भनेको छु, यसमा हामी अडिग छौं।’ भारतीय विदेश मन्त्रालयले यसअघि नै आफूले नेपालको भूमि नमिचेको दावी गरिसकेको छ।

भारतले जारी गरेको नक्शामा नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको विरोध भइरहेको छ। तर, नेपाल सरकारले हालसम्म आफ्नो आधिकारिक नक्सासमेत जारी गर्न नगरेपछि नेपालमा नेपाल सरकारको आलोचना पनि भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
कांग्रेस रोल्पाद्वारा उम्मेदवार सिफारिस
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

तपाईंले छुटाउनुभयो कि?