कोरोनाबाट १ लाख ६५ हजार बढीको मृत्यु
सारांश
- काठमाडौँ ।
- विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको महामारीबाट १ लाख ६५ हजार बढीको ज्यान गएको छ ।
- यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको महामारीबाट १ लाख ६५ हजार बढीको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
चीनको वुहान शहरबाट देखिन शुरु भएको कोरोना भाइरस हाल विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ।
कोरोनाको संक्रमणबाट हालसम्म २४ लाख ७ हजार २ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये ६ लाख २४ हजार ९ सय ३९ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार २ सय २५ संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
कोरोनाको महामारीबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै ७ लाख ६४ हजार ३ सय संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २५ ५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा हालसम्म ४० हजार ५ सय ४८ जनाको ज्यान गएको छ।
यस्तै हालसम्म इटलीमा २३ हजार ६ सय ६०, स्पेनमा २० हजार ४ सय ५३, फा्रन्स १९ हजार ७ सय १८, यूके १६ हजार ६०, इरान ५ हजार १ सय १८ तथा चीनमा ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ। अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।
प्रतिक्रिया