निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे

सारांश

  • निर्मला पन्तको हत्याको मुख्य शंकास्पद व्यक्तिको रुपमा प्रस्तुत गरिएका प्रदीप रावल पनि बुधबार थुनामुक्त भएका छन् ।
  • जिप्रका, काठमाडौँले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।
  • प्रहरीमाथि अभद्र व्यवहारको आरोप लगाएर नियन्त्रणमा लिएका रावलमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले निर्मला पन्तको हत्याको आरोपीको रुपमा अनुसन्धान गरिरहेको थियो ।

निर्मला पन्तको हत्याको मुख्य शंकास्पद व्यक्तिको रुपमा प्रस्तुत गरिएका प्रदीप रावल पनि बुधबार थुनामुक्त भएका छन् । जिप्रका, काठमाडौँले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीमाथि अभद्र व्यवहारको आरोप लगाएर नियन्त्रणमा लिएका रावलमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले निर्मला पन्तको हत्याको आरोपीको रुपमा अनुसन्धान गरिरहेको थियो । उनलाई प्रहरीले चारपटक म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

रावलले बयानमा निर्मलाको हत्या गरेको स्वीकारेको खुलासा प्रहरीले गरेको थियो । रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफै सीआइबी पुगेका थिए । रावलको बयानको आधारमा नियन्त्रणमा लिइएका अर्का युवक विशाल चौधरी पनि केही दिन अघि रिहा भइसकेका छन् । चौधरीले प्रहरीले दवाव र धम्की दिएर हत्या आरोप स्वीकान लगाएको बताएका थिए ।

दुई जनाकै डीएनए निर्मलाको भेजाइनल स्वावसँग मेल नखाएको प्रहरीले केही दिन अघि बताएको थियो । यद्यपी दुवैजनाको डीएनए रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?