एकै परिवारका तीन जनाले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
एकै परिवारका तीन जनाले गरे आत्महत्या

सारांश

  • भरतपुर।
  • चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्।
  • भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन्।
भरतपुर। चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन्।
घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।
एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए। उनीसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन्। आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ।
यसैबीच भरतपुरमा बिहीबार राति भएको सवारी दुर्घटनामा दुई गम्भीर घाइते भएका छन् । काठमाडौँबाट भरतपुर आउँदै गरेको ना७ख ३५०७ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना२८प ५५२७ नंको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक भरतपुर महानगरपालिका–११ बसेनी बस्ने ३६ वर्षीय नवराज सिलवाल र मोटरसाइकल पछाडि सवार उनका सात वर्षीय छोरा निर्दोष तिमिल्सिना गम्भीर घाइते भएका हुन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गाडीका चालक फरार छन् भने सहचालक प्रहरी नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
आज विश्व गैँडा दिवस ः गैँडा संरक्षणबारे अन्तरक्रिया
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर