सिलवालको बदनाम गर्न नक्कली सिडी
सारांश
- ललितपुर, मंसिर ।
- आशन्न प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदवार नवराज सिल्वालको चरित्र हत्या गर्न खोजिएको छ ।
- केही बर्ष अगाडि नै अदालतबाट क्लिन चिट पाइसकेको मुद्दालाई बारम्बार प्रस्तुत गरी चरित्र हत्याको प्रयास गरिएको हो ।
ललितपुर, मंसिर । आशन्न प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदवार नवराज सिल्वालको चरित्र हत्या गर्न खोजिएको छ । केही बर्ष अगाडि नै अदालतबाट क्लिन चिट पाइसकेको मुद्दालाई बारम्बार प्रस्तुत गरी चरित्र हत्याको प्रयास गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको २०७१ मंसिरमा गृह मन्त्रालय अन्र्तगत प्रहरी प्रधान शाखाले निवेदन गुनबहादुर थापाले विभिन्न मितिमा विभिन्न कार्यालयमा निवेदन दर्ता गराएको र सो उपर छानविन गर्दा प्रहरी नायव महानिरिक्षक सिल्वालको आवाज भनिएको सिडीसमेत नक्कली प्रमाणित भइसकेको प्रहरी प्रधान कार्यालयको प्रतिवेदनबाट देखिन्छ । रिसिइवी र ब्यक्तिगत स्वार्थपूर्तिका लागि नक्कली अभिलेख दर्ता गरी चरित्रहत्या गर्ने प्रयास गरेको छानविन प्रतिवेदनसहितको ब्यहोराको पत्र पठाएको थियो । सो विषय उक्त पत्रबाट बुझ्न सकिन्छ ।
यसैगरी सोही मुद्दाका सन्दर्भमा २०७३ फागुन ४ गते सर्वोच्च अदालतका प्रधान न्यायाधिश ईश्वरप्रसाद खतिवडाको आदेशमा भनिएको छ, ‘अदालतमा मुद्दा चलेको र फैसला भइृ सोको कार्यान्वयन सम्बन्धी विषयलाई जोडेर विपक्षी नवराज सिलवाललाई दोषीको रुपमा चित्रण गरि निवेदन गर्नुको कुनै औचित्य देखिदैन ।’
उक्त निर्णयमा निवेदकले उल्लेख गरेको तथ्यहरु यथार्थपरक र बस्तुगत हुन् भनी विश्वास गर्न सकिने आधार पनि देखा परेन भनिएको छ । न्यायधिस खतिवडाको एकल इजालासले उक्त रिट निवेदन खारेज हुने ठहर्ने निर्णय गरि खारेज गरेको थियो ।
प्रहरी प्रधान कार्यालयको अनसन्धान बजारमा आएको अडियो क्यारिकेचर गर्ने कलाकारबाट गराइएको कारणले त्यस अडियोलाई नक्कली सावित गरिसकेको सन्दर्भमा निर्वाचनको केही अगाडि भाइरल बनाइएको छ । युट्युवको त्यही नक्कली प्रमाणित भएको अडियोबाट विभिन्न अनलाईन मार्फत प्रस्तुत गर्दै चरित्र हत्यामा लागिएको छ ।
विशेषगरि कांग्रेस समर्थित अनलाईन मिडियामा यसलाई प्रस्तुत गर्दै चरित्र हत्या गर्ने प्रयास गरिएको हो । गुन बहादुर थापालाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार बनाउनेदेखि सिलवाललको विपक्षमा अनेक हतकण्डा बनाउनेसम्म काममा थापालाई सहयोग गर्न कांग्रेस लागेको उम्मेदवार सिलवाल बताउँछन् ।
निर्वाचनमन हारको डरले यस्तो चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै सिल्वाल भन्छन् ‘विपक्षीले गलत सावित भएका विषयलाई यति तुच्छरुपमा अगाडि बढाइरहेका छन् जसले कांग्रेसको चरित्र नांगो बनाएको छ । बहुसंख्यक ललितपुरका जनता मेरो पक्षमा र बाम गठबन्धनमा पक्षमा मत हाल्न सकारात्मक भएकोले अनावश्यक हल्ला र मेरो चरित्र हत्यामा लागेकोमा कांग्रेस यो घृणित कार्यप्रति खेद ब्यक्त गर्दछु ।’
ब्यक्तिगत चरित्र हत्यामा लागेको भन्दै महानगरिय प्रहरी प्रभाग चापागाउँले चरित्र हत्याका प्रचार सामाग्री सहति गुण बहादुर थापालाई पक्राउ समेत गरेको छ । श्रोतका अनुसार थापा र कांग्रेस उम्मेदवार उदय समशेर राणा विचमा दैनिक दशौ पटक टेलिफोन वार्ता समेत हुने गरेको छ । यसले कांग्रेसले नै गुण बहादुर थापालाई सहयोग गरिरहेको देखिएको छ ।
लव तिमिल्सिना
काङ्ग्रेस ले तिकड्मबाजि बाहेक अरु के नै जान्या छ र ?
Abiral Yatra Abiral
patta saf hune nixit bhayapxi k garos bichara…….
Shiva Shrestha
Police jagir khada khadai meter byaz ma lagayera paisa uthai hedny lai k vanny vole chunab jetyara teahe ko votar lai meter bayaz thokyo vanny ? K garny
Shyam Shubham Giri
एमाले पाटी को टिकट तिमी लाई दिएर त्याहाँ आफ्नो जिवन समेत पाटीमा लागेर स्वाहा पारेका मानिस हरू माथी वली ले चरम अन्याय गरेकाछन यसर्थ पनि तिमी ले चूनाऊ हार्ने पर्छ