अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
१६ पटक हेरिएको
Shares
अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने

सारांश

  • काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले लामो समयपछि आफ्नो पारि श्रमिक पाउने भएका छन्।
  • नेपाल क्रिकेट संघ (क्यान)सँग अनुबन्ध भएका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पछिल्लो १६ महिनाको तलब निकासा गरेको हो।
  • क्यान प्रतिबन्धमा परेपछि सम्झौताअनुसार तलब पाउन नसकेका २७ जना खेलाडीको तलब आईसीसीले निकासा गरेको हो।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले लामो समयपछि आफ्नो पारि श्रमिक पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)सँग अनुबन्ध भएका खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पछिल्लो १६ महिनाको तलब निकासा गरेको हो। क्यान प्रतिबन्धमा परेपछि सम्झौताअनुसार तलब पाउन नसकेका २७ जना खेलाडीको तलब आईसीसीले निकासा गरेको हो।

यूएईको दुबईमा बिहीबार बसेको आईसीसीको डेभलपमेन्ट कमिटीको बैठकले नेपाली खेलाडीको रोकिएको तलब तत्काल निकासा गर्ने निर्णय गरेको हो।

डेभलपमेन्ट कमिटीको बैठकपछि जारी विज्ञप्तिमा ‘निलम्बित अवस्थामा रहेको क्यानको सुधारका लागि काम भइरहेकाले अनुबन्धित राष्ट्रिय खेलाडीको रोकिएको तलब निकासा गरिएको हो’, भनिएको छ।

क्यानले सन् २०१५ मा प्रदर्शनका आधारमा खेलाडीलाई चार समूहमा विभाजन गरी मासिक पारि श्रमिक दिन सुरु गरेको थियो।

त्यसअनुसार ‘ए’ श्रेणीका खेलाडीले ३५ हजार, ‘बी’ समूहमा परेकाले २५ हजार, ‘सी’ समूहमा परेका खेलाडीले १५ हजार र ‘डी’ श्रेणीमा परेका खेलाडीले पाँच हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने व्यवस्था गरिएको थियो।

आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएसँगै खेलाडीको पारिश्रमिक पनि रोकिएको थियो।

(https://uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?