तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
२५ पटक हेरिएको
Shares
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार

सारांश

  • युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार भएका छन् ।
  • रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताएका छन् ।
  • तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उनले राखेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तटस्थ युक्रेन सम्बन्धि रुसको माग स्वीकार गर्न तयार भएका छन् । रुसको एक स्वतन्त्र पत्रिकालाई अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेन स्वीजरल्याण्ड झैं तटस्थ देशको रुपमा रहनुपर्ने मागमा छलफल गर्न आफू तयार रहेको बताएका छन् ।

तर उक्त भूमिका स्वीकार्दा युक्रेनको सार्वभौमिकता अक्षुण रहने प्रत्याभूति तेस्रो शक्तिले दिनुपर्ने शर्त पनि उनले राखेका छन् ।

रुस र युक्रेनबीच यसै साता टर्कीमा अर्को चरणको वार्ता गर्न तयारी भईरहेको बेला युक्रेनी राष्ट्रपतिबाट यस्तो कुरा आएको हो ।

रुसले युक्रेन कुनै पनि सैन्य गठबन्धनमा संलग्न हुन नहुने र उसको भूमिका स्वीजरल्याण्डको जस्तो हुनुपर्ने शर्त राख्ने गरेको छ ।

उता, युक्रेनी सेनाका गुप्तचर प्रमुखले रुसले युक्रेनलाई दुई भागमा बाँड्न चाहेको आरोप लगाएका छन् । गुप्तचर प्रमुख किरिलो वूडानोभले रुसले युक्रेनलाई उत्तर र दक्षिण कोरियाको मोडलमा विभाजन गर्न खोजेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?