कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल

सारांश

  • जेठ १८ – भारतीय हास्यकलाकार कपिल शर्मा अस्पतालमा भर्ना भएका छन् ।
  • उनको रक्तचाप एकाएक कम भएपछि उनलाई हतार हतार अंधेरीस्थित एक अस्पताल पुर्याउनुपरेको हो ।
  • ३६ वर्षे उनी आफ्नो अर्को कार्यक्रमका लागि सुटिङ गरिरहेका थिए ।

जेठ १८ – भारतीय हास्यकलाकार कपिल शर्मा अस्पतालमा भर्ना भएका छन् । उनको रक्तचाप एकाएक कम भएपछि उनलाई हतार हतार अंधेरीस्थित एक अस्पताल पुर्याउनुपरेको हो ।

३६ वर्षे उनी आफ्नो अर्को कार्यक्रमका लागि सुटिङ गरिरहेका थिए । त्यतिबेला अचानक उनको स्वास्थ्य बिग्रियो । त्यसपछि उनले कार्यक्रमको सुटिङ रोकिदिए र आफूलाई अस्पताल लैजान आग्रह गरे ।

कपिलको स्थिती अहिले ठिक भएको तर उनी अहिलेसम्म त्यहाँबाट डिस्चार्ज नभएको बताइएको छ । उनी अहिलेसम्म डाक्टरको निगरानीमा छन् । बुधबार बेलुका ४ बजेतिर कपिलको स्थिती बिग्रिएको थियो जसलगत्तै उनलाई नजिकैको अस्पतालमा पुर्याइएको हो ।

कपिलको सहकर्मी कीकू शारदाले खबरको पुष्टि गर्दै भने, ‘हो, कपिलको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरियो । तर चिन्ता गर्नुपर्दैन । उनी अहिले ठिक छन् ।’

परेश रावलसँग हुनुथियो सुटिङः

उक्त एपिसोडको सुटिङ नायक र राजनीतिज्ञ परेश रावलसँग हुनुथियो । उनी त्यहाँ आफ्नो आउँदो फिल्म ‘अतिथि इन लण्डन’ को प्रामोशनका लागि आउँदै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?