आज पनि काँग्रेस बैठक बस्दै, हुँदैछ के ?
सारांश
- काठमाडौं, माघ ५ ।
- राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि डाकिएको काँग्रेसको बैठक शुक्रवार पनि बस्ने भएको छ ।
- नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि बैठक बस्ने भएको हो ।
काठमाडौं, माघ ५ । राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि डाकिएको काँग्रेसको बैठक शुक्रवार पनि बस्ने भएको छ ।
नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयमा छलफलको लागि समय अपुग भएको भन्दै आज पनि बैठक बस्ने भएको हो ।
निर्वाचन पछि पहिलो पटक बसेको बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ ।
विहिबार बोल्ने अधिकाँश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाए । ८५ सदस्यीय काँग्रेसको केन्द्रिय समितिका २९ जनाले विहीवार आफ्नो धारणा राखेका छन् ।
निर्वाचन पराजयको समिक्षा बैठकले एक साता भन्दा बढि समय लिने हुँदा पुन बैठक बस्न लागेको हो । बैठक ११ वजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया