कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित

सारांश

  • विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ।
  • त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।
  • संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ।

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुगुमा पहिलो पटक अदालती विवाह
मुगुमा पहिलो पटक अदालती विवाह
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
अघिल्लो वर्ष ‘नाँच बलिए’ अस्वीकार गरेकी अनिता महंगो पारिश्रामिक पाएपछि यसपटक सहभागि हुँदै
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
आज कोरोनाबाट एक महिला र ६ पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
प्रधानमन्त्री ओलीद्वारा समवेदना
प्रधानमन्त्री ओलीद्वारा समवेदना
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
हिंसालाई बल पुग्ने समाचार नदेऊ : मन्त्री बास्कोटा
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !
७ हजार मतान्तरले आफू विजयीहुने मोदीको दाबी !