चुनावमा भाग लिने बिषयलाई लिएर राजपामा भाँडभैलो,,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चुनावमा भाग लिने बिषयलाई लिएर राजपामा भाँडभैलो,,

सारांश

  • दुई नम्वर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तहको तेश्रो चरण निर्वाचनमा भाग लिने कि नलिने भन्ने  बिषयलाई लिएर भाँडभैलो भएको छ ।
  • विधानमा असमित अधिकार लिएर बसेका अध्यक्ष मण्डलका संयोजक र सदस्यमध्ये बहुमत नेता संविधान संशोधन बिधेयक संसदबाट पारित नभएसम्म निर्वाचनमा भाग नलिने पक्षमा छन् ।
  • अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादब, अनिल झा विधेयक संसदमा पेश मात्र भएमा भाग लिनु हुन्न भन्ने पक्षमा छन् ।

दुई नम्वर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तहको तेश्रो चरण निर्वाचनमा भाग लिने कि नलिने भन्ने  बिषयलाई लिएर भाँडभैलो भएको छ ।

विधानमा असमित अधिकार लिएर बसेका अध्यक्ष मण्डलका संयोजक र सदस्यमध्ये बहुमत नेता संविधान संशोधन बिधेयक संसदबाट पारित नभएसम्म निर्वाचनमा भाग नलिने पक्षमा छन् । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादब, अनिल झा विधेयक संसदमा पेश मात्र भएमा भाग लिनु हुन्न भन्ने पक्षमा छन् ।

उनीहरुले संसदमा पेश भएको बिधेयक पारित भए मात्र निर्वाचनमा भाग लिनु पर्ने अडान राखेका छन् । तर अध्यक्ष मण्डलका दुई जना सदस्यहरु शरतसिंह भण्डारी र महेन्द्र राय यादब भने संशोधन बिधेयक पेश भए वा नभए पनि र पास भए वा नभए पनि निर्वाचनमा भाग लिनु पर्ने पक्षमा छन् ।

अध्यक्ष मण्डलका बहुमत सदस्य निर्वाचनमा भाग लिन हुन्न भन्ने पक्षमा भए पनि केन्द्रीय समितिका बहुमत केन्द्रीय सदस्य, अधिकांस पदाधिकारीहरु निर्वाचनमा भाग लिनु पर्ने पक्षमा छन् । महन्थ ठाकुर निकटका भनेर चिनिएका  पार्टी उपाध्यक्षहरु हृदयेस त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ला, महामन्त्रीप् बृजेशकुमार गुप्ता, गोबिन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादब लगायतले निर्वाचनमा भाग नलिए पार्टीको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?