तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
१५ पटक हेरिएको
Shares
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

सारांश

  • काठमाडौं ।
  • तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।

काठमाडौं । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।

बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताए । “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ” उनले भने ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले बताए ।

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरुले मोबाइल बैंकिङबाट तिरेर सहजीकरण गरिदिने गरेको उनको भनाइ छ । “मोबाइल बैंकिङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरुले सहजीकरण गरिदिएर उहाँहरुसँग उक्त रकम लिने गरेका छौँ”, उनले भने ।

उनका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनिहरुलाई स्वीकृति भएको जानकारी मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

“पहिला पहिला श्रम स्वीकृतिका लागि पोखरा जानुपथ्र्यो, एजेण्ट लगाउनुपथ्र्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरुलाई झण्झट हुँदैन”, उनले भने । उनका अनुसार एजेण्ट लगाउँदा ठगिने गरेको गुनासो पनि आउने गरेको थियो ।

आँबुखैरेनी गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बुहारीसंग याैनसम्पर्क गर्दा ससुराले चलाए गाेली
बुहारीसंग याैनसम्पर्क गर्दा ससुराले चलाए गाेली
खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई उदयपुर ल्याईयो
खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई उदयपुर ल्याईयो
‘पत्रकार धर्तीका सबैभन्दा बेइमान मानिस:ट्रम्प
दक्षिण कोरियामा नेपालीहरु आकर्षित :  न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
दक्षिण कोरियामा नेपालीहरु आकर्षित : न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
विद्यार्थीहरुद्वारा रक्तदान गरी सहिदको सम्झना
विद्यार्थीहरुद्वारा रक्तदान गरी सहिदको सम्झना
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
अशोक मेहताको सनसनीपूर्ण खुलासा, मोदीको समर्थन प्रचण्डलाई, ओली प्रो चाइनिज हुन्
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

तपाईंले छुटाउनुभयो कि?