दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

सारांश

  • दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् ।
  • मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो ।

दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् ।
मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए । घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
२५२६औं बुद्ध जयन्तीकाे दिन बुद्धबारे नयाँ खुलासा
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?