अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् ।
- उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्।
- बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् । उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने भन्दै प्रधानमन्त्री ओलीले सहमति नतोड्ने विश्वास दिलाए । उनले भनेका छन्,‘जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो । त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुस्ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु ।
तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के(के हुन् भनेर भनिराखेको छु । त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं । त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नु हुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। यो भन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।’
उनले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको पनि सुनाए । मोदीसँगमात्रै नभएर चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि असाध्यै राम्रो सम्बन्ध रहेको कुरा आफूले भारतमा मोदी र जिनपिङलाई एकैपटक भेट्दा थाहा पाएको सुनाए ।
प्रतिक्रिया