प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
सारांश
- सिन्धुली ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा अहंकार र उन्माद भएको बताएका छन् ।
- उनले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको भन्दै आलोचना गरेका छन् ।
सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा अहंकार र उन्माद भएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको भन्दै आलोचना गरेका छन् ।
सिन्धुलीमा आज गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्मा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए ।
उनले सरकार अलोकतान्त्रिक मानसिकताले ग्रस्त भएकाले आर्थिक र सामाजिक अराजकता बढेको समेत बताए ।
हिजो संसदमा अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ‘लथालिंग देशको भताभुंग चाला, जसजसले सक्छ, उसैले खाला’ भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको दाबी गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया