प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • धनुषा ।
  • प्रदेश नं.
  • २ को प्रदेशसभा भवन जनकपुरधामको मुख्यद्वारमा एक महिलाले आफू यौन शोषणमा परेको भन्दै न्यायका लागि हारगुहार गरेकी छन् ।

धनुषा । प्रदेश नं. २ को प्रदेशसभा भवन जनकपुरधामको मुख्यद्वारमा एक महिलाले आफू यौन शोषणमा परेको भन्दै न्यायका लागि हारगुहार गरेकी छन् । राष्ट्रिय जनता पार्टी नेपालका एक केन्द्रीय सदस्यले आफूमाथि पटकपटक यौन शोषण गरेको भन्दै प्रदेशसभा बैठकको मूलद्वारमै एक महिलाले न्यायको लागि हारगुहार गरेकी हुन् ।

प्रदेशसभा भवनबाट बैठक सकी सांसदहरु निस्किरहेका थिए । राजपा नेपालका महासविच मनिष सुमन पनि प्रदेशसभा बैठकस्थलबाट बाहिर निस्कदै थिए । सोही क्रममा महासचिव सुमनलाई रोक्दै जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने निशा झाले न्यायका लागि पहल गरिदिन हारगुहार गरेकी थिइन् ।

धनुषाको बनिनिया स्वास्थ्य चौकीमा कार्यरत निशाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहले सरुवा गराइदिन्छु भन्दै आफमाथि शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर धम्की दिएको बताइन् । रमन सिंहले राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आफ्नो नजिकका नेता रहेकोले उनीसँग भेट गराएर सरुवा गराइदिने प्रलोभन दिएर काठमाडौमा लगी यौन शोषण गरेको निशाको दावी छ ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम लिएपछि झस्केका महासचिव मनिष सुमनले छानविन गर्छौं भनेर महिलालाई शान्त पार्दै बाटो काटेका थिए । निशाले रमन सिंहविरुद्ध धनुषा प्रहरीमा समेत उजुरी दिएकी छन् । उता निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले समेत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइएको छ । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

धनुषाको बनिनिया स्वास्थ्य चौकीमा कार्यरत निशाले नेता सिंहमाथि यौन शोषण र रकम लेनदेनको आरोपमा उजुरी दायर गरेकी छन् । सिंहले आफूलाई राजपा नेपालका केन्द्रीय सदस्य र केयर सोसाइटी अफ नेपालको अध्यक्ष भनी परिचय गराएको र झाले सरुवा गराइदिन आग्रह गरेकी थिइन् ।

यौन शोषणमा परेको भनिएकी झाले जिल्ला प्रशासन कार्यालय धनुषामा दायर गरेको उजुरी पत्रमा भनिएको छ, “सिंहले म जुनसुकै काम गराउन सक्छु, सरुवा गराउने कुरा कुनै ठूलो कुरो होइन । यो मेरो दाहिने हातको खेल हो ।” रमनले राजेन्द्र महतो आफ्नो अत्यन्तै नजिकको बताउँदै आफूले भनेपछि महतोले जे पनि गर्नुहुन्छ भनेको निवेदनमा उल्लेख छ ।

रमनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग भेटाउन लागि आफूलाई काठमाडौ ल्याएको र सिंहले महतोको निवासमा तीनपटक लगेर भेट समेत गराएको उल्लेख छ । उजुरीमा सरुवाको लालच दिएर नेता सिंहले काठमाडौको गौशालास्थित रोज स्टार लज भन्ने होटलमा पुस २५ गतेदेखि माघ ४ गतेसम्म राखेको र सरुवाको लोभ देखाउँदै विभिन्न परिबन्दमा पारी पटक–पटक यौन शोषण गरेको उल्लेख छ ।

अध्यक्ष महतोले एक महिनापछि आउनु भनेको भन्दै रमनले जनकपुर जाउँ भनेर बर्दिवासमा लगेर नबोबुद्ध होटलमा पनि राति राखेर यौन शोषण गरेको दाबी निशाले गरेकी छन् । आफूलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्दा रमनले धम्की दिँदै यो कुरा कसैलाई भनिस् भनेमा जागिर खाइदिने र ज्यान मार्ने धम्की समेत दिएको निशाले दिएको उजुरीमा लेखेकी छन् । डराई धम्काई राखेको र ठूलो नेता भएका कारणले डरले कसैलाई यो कुरा नभनेको तर आफ्नो सरुवा पनि नगराई पैसा पनि फिर्ता नदिएको कारण बाध्य भएर उजुरी गरेको निशाले दावी गरेकी छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhadra Thapa

    यसरी पत्ता लाग्छ नेपालीको बिकास नहुनु । नेता जति सबै अपराधी ,भर्ष्टचारी ,गुण्डा , तष्करी अनि यौन दुराचारी अब कसरी बिकासको कल्पना गर्ने ? कहिल्यै जनता ,समाज र देशको स‍ोच अाअ‍ोस र काँचुली फेरोस त ?

    Comment Author

    Ram Pandy

    केगरनु त मोन थाम्न सकेन होला कम्रेरेट ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?