चीनले चक्रपथ ८ लेनको बनाइदिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
चीनले चक्रपथ ८ लेनको बनाइदिने

सारांश

  • काठमाडौं, २१ माघ- चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ।
  • २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
  • बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए।

काठमाडौं, २१ माघ- चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

बाँकी १७ किमि पनि विस्तार गर्न यही कम्पनी सहमत भएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘कलंकीबाट महाराजगन्जसम्मको आठ दशमलव दुई किमि सडक विस्तार गर्ने विषयमा दुई साता अगाडि औपचारिक सहमति भइसकेको छ।अब यो खण्डमा पर्ने घर टहरा हटाउने, जग्गा खाली गरेर साइट क्लियर गर्ने पाटो हाम्रो हो। त्यसपछि चिनियाँ कम्पनीले निर्माण सुरु गर्नेछ।’

चिनियाँ कम्पनीले तीन वर्षभित्र पूरै सडक अहिले विस्तार भइरहेको कलंकी(कोटेश्वर खण्डसरहकै बनाउने भएको छ। चिनियाँ कम्पनीले कलंकी-कोटेश्वर खण्ड करिब पाँच अर्ब रुपैयाँ खर्च गरेर स्तारोन्नति गरिहेको छ। कलंकी चोकमा अन्डरपाससहितको यो काम आगामी ६ महिनाभित्र पूरा गर्ने योजना छ। पहिलो खण्ड सकेपछि कलंकीबाट बालाजु हुँदै महाराजगन्जसम्म विस्तार हुनेछ।

त्यसपछि महाराजगन्जदेखि चाबहिल हुँदै कोटेश्वेरसम्म विस्तार हुने जानकारी श्रेष्ठले दिए। उनले भने, ‘चाबहिलदेखि गौशालासम्मको करिब डेढ किमि खण्डमा धेरै संरचना भएको र त्यसलाई हटाउनु चुनौतीपूर्ण भएकाले यो खण्डमा फ्लाई ओभर बनाउने प्रस्ताव गरिएको छ। चीन सरकारको अनुदान सहयोगमा विस्तार हुने पूरै चक्रपथ खण्डअन्तर्गत डेढ किमि दूरीमा फ्लाइओभर बनाएर काम गर्न कम्पनी तयार रहेको जानकारी श्रेष्ठले दिए।

कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार गर्ने विषयमा सडक विभागले नै सम्भाव्यता अध्ययन गरेको छ। अध्ययन प्रतिवेदन चिनियाँ कम्पनीलाई उपलब्ध गराइसकिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ। यो खण्डको विस्तारका लागि पनि कलंकी कोटेश्वर खण्डमाभएको पाँच अर्बकै अनुपातमा अबको नयाँ खण्डमा पनि खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Shresta

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?