‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’

सारांश

  • आचार्य प्रदीप बुटवल, २२ असार ।
  • स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयर पदका उम्मेदवार खेलराज पाण्डेले गणितीय हिसाबले आफू उपविजेता बनेपनि बुटवलको विकासमा विजयी उम्मेदवार सरह सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  • बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पाण्डेले चुनावमा प्राप्त झण्डै २१ हजार मतले आफूलाई आगामी ५ वर्ष अझ बढी सक्रिय भएर जनताको काममा लाग्न उत्साहित बनाएको बताए ।

आचार्य प्रदीप
बुटवल, २२ असार । स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयर पदका उम्मेदवार खेलराज पाण्डेले गणितीय हिसाबले आफू उपविजेता बनेपनि बुटवलको विकासमा विजयी उम्मेदवार सरह सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पाण्डेले चुनावमा प्राप्त झण्डै २१ हजार मतले आफूलाई आगामी ५ वर्ष अझ बढी सक्रिय भएर जनताको काममा लाग्न उत्साहित बनाएको बताए ।

‘चुनावमा म उपविजेता भएं, तर मलाई सुस्ताउने र घर बस्ने हैन, झन् बढी सक्रिय भएर लाग्न प्रेरणा दिएको छ’–पाण्डेले भने–‘मेयर पदको कुर्सीमा बस्ने अवसर यसपटक गणितीय हिसाबले नमिले पनि बुटवलका सबै वडा,टोल, क्षेत्र र वर्गबाट प्राप्त भोटलाई हेर्दा जनताको मनमा बस्न सफल भएको छु ।’
पाण्डेले चुनावका बेला सार्वजनिक गरेका बुटवलको विकास सम्बन्धी प्रतिवद्धताहरु चुनावमा उपविजेता भएपनि तिनलाई सार्थक बनाउन योजनावद्ध रुपले लाग्ने र विकास–निर्माणका सवालमा निर्वाचित मेयरसंग प्रतिस्पर्धा गर्ने दावी गरे ।

‘अब म पुरै ५ वर्ष छायां जनप्रतिनिधिका रुपमा पहिले भन्दा बढी सक्रिय भएर काम गर्छु’–पाण्डेले भने–‘आउंदो चुनावसम्म बुटवललाई फेरि कांग्रेसको गढकै रुपमा विकास गर्छु ।’
उनले लुम्बिनी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज बनाउने आफूहरुको प्रतिवद्धता विपरित अन्त्रय मेडिकल कलेज लैजान खोजिए नदिने चेतावनी समेत दिए ।

उनले बुटवल उपमहानगरपालिका सबै जनताको साझा थलो भएकाले कुनै राजनीतिक दलको छायां र गन्ध आउन दिन नहुनेमा जोड दिए । ‘जितेकाले सहिष्णुता देखाउनुपर्छ,कसैलाई काखा र पाखा गर्न मिल्दैन, म आफ्नो र पार्टीको तर्फबाट गुण र दोषका आधारमा रचनात्मक सहयोग गर्न सधैं तयार छु’–पाण्डेले भने ।

चुनावमा भएको पराजयको कारण पार्टीभित्रको अन्तर्घात हो कि भन्ने प्रश्नको जवाफमा पाण्डेले विना आधार र प्रमाण कसैलाई दोष दिने पक्षमा आफू नभएको भन्दै बरु उम्मेदवार भएका कारण आफैभित्र कमी कमजोरी खोज्ने धारणा राखे ।

पाण्डेले चुनावका क्रममा सक्रिय पार्टीका नेता, कार्यकर्ता,शुभेच्छुक लगायत सबैलाई धन्यवाद दिए । पत्रकार सम्मेलन नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालको अध्यक्षता र नगर सचिव ज्योति भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?